१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ  थियो ।

सुतिरहेका ‘ई’को सामुन्ने टाढैबाट प्रष्ट देखिने प्लेकार्ड थियो– स्वास्थ्य क्षमता वृद्धि गर । इनफ इज इनफ ।

उनी ‘इनफ इज इनफ’ आन्दोलनका अभियन्तामध्ये एक हुन् । सलाइन लिइरहेकी सामायरा पनि उसैगरी पल्टिरहेकी थिइन् ।

ईः र उनी विगत १२ दिनदेखि यही त्रिपालमुनि बसिरहेका छन्, त्यो पनि भोकभोकै । कुनै रहरले होइन । कोरोना भाइरस (कोभिड– १९) को उपचार तथा रोकथाममा सरकारले लापरवाही गरेको भन्दै उनीहरु अनशनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *