विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएसँगै कोरोना संक्रमण हुनेको संख्या पनि बढेको हो । परिक्षण बढाएसँगै हालसम्म करिव दुईसय बढी बेंकिङ क्षेत्रका कर्मचारीमा मा कोरोना देखिएको छ । काठमाडौंमै नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय दुइदर्जन बैंकवित्तमा गरी थप ३७ जनामा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *