मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले एकिकृत कारोबार गर्न स्वीकृति प्रधान गरे लगतै संस्थाले आवश्यक प्रक्रिया पूरा गरि कारोबार सञ्चालन गरेको हो ।
एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले हाल विश्वनै कोरोना भाइरसको महामारीबाट आक्रन्त रहेको कठिन अवस्थामा समेत संस्थाले एकिकृत कारोबार गर्ने कार्य सफलतापूर्वक सम्पन गरेकोमा खुसी व्यक्त गरे । शुभकामना मन्तव्य राख्नु हुदै साविकको नागवेली लघुवित्तका सञ्चालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले गाभ्ने गाभिने प्रकृया सम्पन्न भएकोमा खुशि व्यक्त गर्दै कर्मचारी व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापनलाई सुझाव दिएका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य तथा दुबै संस्था एक भए पछिको वित्तीय विवरण तथा भावि चुनौतिहरुको बारेमा मिर्मिरे लघुवित्तका साविकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सन्तोष फुया्ल, संजय कुमार श्रेष्ठले समेत शुभकामना मन्तव्यव्यक्त गरेका थिए । एकिकृत कारोबार पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपा र प्रमुखकार्यकारी अधिकृतमा कुमार याक्सो रहेका छन् ।
यसअघि स्वेडा लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोवार सञ्चालन गरिसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ति गरे पश्चात समायोजित चुक्ता पूँजी.३९ करोड ९८ लाख ७२ हजार ६४१.५० भएको छ भने शाखा संख्या जम्मा १११ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *