नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ प्रणाली सुरक्षित रहेको भन्दै आत्तिहाल्न नपर्ने जनाएको छ । बुधबार साँझ नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको थियो । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण म्यासेजहरु आएको हो ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बैंकिङ खबरसँग कुरा गर्दै नेपालको बैंकिङ प्रणाली सुरक्षित रहेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१५ वटा बैंकहरुको बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएका आएको हो । हाम्रा बैंकहरुको सिस्टम ठिक छ ।’

प्रणाली ह्याक गरेर पैसा चोरी गर्ने धम्कीसहितको इमेल आएपछि बैंक तथा वित्तीय संस्था सतर्क देखिएका छन् । बुधबार दिउँसो साढे ३ बजे इमेल आएपछि राष्ट्र बैंकले आफ्नो र ह्याक गर्ने भनेर किटान गरिएका बैंकहरुकोसमेत सबै प्रणाली परीक्षण गरिसकेको छ । बिहीबार बिहान पनि केन्द्रीय बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरुको समेत प्रणाली चेक गरिरहेको छ ।
ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ । इमेलमा ’अफलाइन र अनलाइन’ दुबै तरिकाबाट पैसा चोरी गरिने उल्लेख छ । इमेलमा २४ घण्टाको समय दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]