महाप्रसाद अधिकारी
गर्भनर, नेपाल राष्ट्र बैंक

हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा हुन्छ ।

अब सबैले डिजिटल प्रविधि प्रयोग गरौँ । विद्युतीय माध्यमबाटै पेमेन्ट गरौँ, सेटप गरौँ । जुन कुरा राष्ट्र बैंकले  विगतदेखि नै भन्दै आएको छ । डिजिटल प्रविधिको विकास २१ औँ शताब्दीले ल्याएको कुरा हो । हामी त्यति एक्स्ट्रा भएर आएको भने होइन् । क्रमशः समयले हामीलाई त्यो डाइरेक्सनमा लैजाने नै छ । यसमा सबैको साथसहयोग अपरिहार्य छ। नेपाल सरकारले पनि ‘डिजिटल नेपाल फेमवर्क’ अगाडी ल्याइसकेको छ । त्यसमा कति फाइनान्सियल सेक्टर रिलेटेड विषयहरु पनि जोडिएका छन् । जसलाई राष्ट्र बैंकले अंगिकार गर्दै आएको छ ।

धेरै अगाडी देखि हामीले कोर बैंकिङ एप्लिकेशन, कोर बैंकिङ सफ्टवयर, बैंकिङ च्यानल, चेकमार्फत कारोबार गर्नुस् भन्दै आएका छौं । क्रमशः हामी चेकबाट पेयर डिजिटल माध्यमको प्रयोगमा गइसकेका छौं ।

हामी डिजिटलाईजेशनलाई प्रमोट गर्छौं, इन्करेज गर्छौं । कुन हदसम्म, कतिसम्म हुन्छ रेगुलेटरको तर्फबाट गर्ने विकास र प्रमोशनको काममा हामी सधैँ दत्तचित भएर लागेका छौं । सबै पोलिसीहरु जुन मेन्ट्रो पोलिसी भनौं, वा रेक्सपेटिभ पोलिसीहरु । तिनीहरु गाइडेट भएको अवस्था छ ।  हामी मात्र होइनौँ कि संसार भरका वित्तीय सेक्टरसँग गाँसिएका सबै एजेन्सीहरु जे जति छन्, ति सबैले फाइनान्सियल इन्क्लुसनलाई अपरिहार्य ठानेका छन् । उदाहरणका रुपमा बाइ ल्याक्ट्रोल, इन्टरनेशनल मल्टि ल्याक्ट्रोल, एजेन्सीहरु, वल्र्ड बैंक, आइएमएफ, जस्ता संस्थाहरु नै किन नहोस् । कुनै न कुनै रुपले फाइनान्ससियल रुपमा रिलेटेड खालको नीतिहरु लिएर अगाडी बढेका छन् । एक्सेस टु फाइनान्सका लागि पनि लिट्रेसी अपरिहार्य हुन्छ ।

यो शताव्दीमा डिजिटलाईजेशन अनिवार्य सर्त भइसकेको छ । नेपाल राष्ट्र बैंकले पनि यहि हिसाबले आफ्ना कार्यक्रमहरु, कार्य योजनाहरु अगाडी बढाउँदै आएको छ । राष्ट्र बैंकको ऐनमै सर्वसाधारण जनतामा विश्वास बढाउने, सुरक्षित र भरपर्दो भुक्तानी प्रणालीको व्यवस्था मिलाउने  छ । त्यसमा जुन सुरक्षित, भरपर्दो भनिएको छ । त्यो विषय कुनै प्रडक्टहरु ल्याएर बैंकलाई यसो गर्नुस्, पीएसओलाई यसो गर्नुस् भनेको भरमा हुँदैन । त्यसैले भरपर्दो र सुरक्षित भन्ने विषय लिट्रेसी हो । अहिले हामीले रेमिट्यान्स डाइरेट्ली वालेटमा आउने व्यवस्था, क्यु आर मार्फत पसलमा पर्चेन्टहरुको व्यवस्था, होटल रेस्टुरेन्ट सबैतिर पेमेन्ट हुने व्यवस्था, बस पव्लीक ट्रान्सपोटमा  डिजिटल मार्फत पेमेन्टको व्यवस्था गरेका छौं । । तर त्यो सुरक्षित र भरपर्दो यो बेलासम्म मात्र हुन्छ जुन बेला हामीले सर्वसाधारणलाई, सबै प्रयोगकर्तालाई यी वस्तुहरुको विषय, प्रडक्टहरुको विषयमा पूर्णतया ज्ञान दिन सक्छौं । साक्षर बनाउन सक्छौं । त्यसैले यस विषयमा ज्ञान दिनु सबैभन्दा ठूलो कुरा हो ।

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड

गाउँघरतिर एउटा उखान छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड । श्रीखण्डलाई नबुझ्नेले खुर्पाको बिँड लगाएर पनि वइस्टेज गर्न सक्छ । हामीले क्युआर कोड प्रडक्ट ल्यायौँ । क्युआर, वालेटको प्रचलन भयो । कयौँ इन्फास्टक्चर डेभलभ भयो । रुल पनि ल्याइयो । सँगसँगै प्लेयरहरु पनि आयो । सर्भिस पनि दिन थालियो । त्यसमा ठोस मार्केटिङको आवश्यकता देखिन्छ । मार्केटिङ भइदिएन भने त्यसले केहि अर्थ राख्दैन । खुर्पाको बिड जस्तो हुन्छ । यो प्रडक्ट र बस्तुलाई हामीले मार्केटिङ सहि रुपमा ग¥यौँ, वित्तीय साक्षरताका अभियान अगाडी बढायौँ भने त्यो श्रीखण्डका रुपमा युजरहरुले प्रयोग गर्न सक्छन् । त्यसकारण लिट्रेसीको भ्यालु अत्यन्त्यै ठूलो छ । यसले ठूलो महत्व राख्दछ । नेपाल राष्ट्र बैंकले डिजिटलाईजेशनको सन्दर्भमा ठूलो सपना राखेको छ । त्यो हामी बढाउँदै जानेछौं । यसका लागि सबै स्टेप होल्डरहरुको सहमति जरुरी छ । राष्ट्र बैंक, कुनै एउटा बैंक, कुनै एउटा फाइनान्स, कुनै टेक्नोलोजी प्रोभाइडर मात्र दौड्ने हो भने ठोस रिजल्ट पाउन सक्दैनौं । सबैको कम्बिनेसन भयो भने सहि डेस्टिनेशनमा पुग्न सक्छौं । यो हाम्रो एउटा जर्नी हो । हामीले क्यास लेस सोसाइटी बनाउन खोजि राखेका छौं ।  साक्षरता, मार्केटिङको कुरा गरिराख्दा हिजो जस्तो पम्लेट, ब्रोसर बनाएर बजारमा लगेर बाँडेर होइन् कि हामी डिजिटल मार्केटिङको ठाउँमा छौं । डिजिटल लिट्रेसी भोलीको लागि अत्यन्त्यै महत्वपूर्ण छ । यसलाई समयले मागि रहेको छ । हामी समयसँग चल्नुपर्छ । गर्नुपर्नै काम धेरै छन् ।

एक वर्षको अवधिमा हामीले इ कमर्सको सन्दर्भमा पाँच सय डलरसम्मको पेमेन्ट गर्न सकिने, सहज रेमिट्यान्स भित्र्याउन सकिने व्यवस्था गरेका छौं । क्यु आर स्टान्डर जारी भएका कयौँ कुराहरु आएका छन् । ती सबै कुरा प्रयाप्त भने छैनन् । समयले थप खोज्ने छ । त्यसका लागि हामी तयार रहनुपर्छ । समयले मागे अनुसार, नयाँ युगले, नयाँ जेनेरेशनले मागे अनुसारको सेवा सर्भिस दिन सक्नुपर्यो । सुरक्षित सँगसँगै कस्ट इफेक्टिभ पनि हुनुपर्यो । अहिले कारोबारको साइज धेरै ठूलो भइरहेको छ । झण्डै पाँच करोड ट्रान्जेक्सन, ३६ खर्वको कारोबार भइरहेको देखिन्छ ।  त्यसैले अहिले विधुतिय भुक्तानी आफैँमा अर्थतन्त्रको एउटा ठूलो हिस्सा बनि सकेको छ ।

हामी जबसम्म इकोसिस्टमलाई डिजिटलतर्फ लैजान सक्दैनौं । त्यसबेलासम्म यो पूरा भएको मानिदैन । इको सिस्टमलाई पूरा गर्नका लागि पनि डिजिटल मार्केटिङ गर्न जरुरी छ । हामीले मात्रै गरेर हुँदैन यसमा सम्बन्धिक निकायहरु, बैंक, वित्तहरु, सबै स्टेपहोल्डरहरु जो जो हुनुहुन्छ, उहाँहरुको हातेमालो भइदियो भने प्रभावकारी हुनेछ ।

(मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवर्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को समुद्घाटन समारोहमा गर्भनर महाप्रसाद अधिकारीज्यूले राख्नुभएको मन्तव्यको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]