बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएका कारण ब्याजदर घट्ने सम्भावना बढेर गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा ३७ अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको पाइएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्दै जाँदा अर्थतन्त्र केही चलयामान भएपनि पुनः कोरोना तेस्रो लहरले आउने संकेतले लगानी क्षेत्रमा संकुचन देखिन थालेको जानकारीहरु बताउँछन् । जसका कारण सोचेअनुरुप बैंकहरुबाट कर्जा लगानी हुन नसक्दा अधिक तरलता बढ्दै गएको छ ।

गत असार १५ सम्म पनि बैंकिङ प्रणालीमा २४ अर्ब रुपैयाँ बढी अधिक तरलता थियो । एक महिनाकै अवधिमा यो बढेर ३७ अर्ब रुपैयाँभन्दा अधिक भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै अन्तरबैंक ब्याजर ह्वात्तै घटेको छ । साउन १५ सम्म अन्तरबैंक ब्याजदर ०.७५ प्रतिशतमा झरेको छ । असार १५ सम्म भने अन्तरबैंक ब्याजदर ४.८९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म बैंकहरुले ४६ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]