बीमा कम्पनीहरुले घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृत लिनु नपर्ने भएको छ । समितिले घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने जनाएको छ । समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई पत्र काट्दै घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा स्वीकृति लिनु नपर्ने बताएको हो ।

बीमा कम्पनीहरुले सामान खरिद बिक्री गर्दा आफ्नो नेटवर्थको बढीमा ३० प्रतिशतसम्मको सीमाभित्र रहनुपर्ने समितिले जनाएको छ । यस अघि कम्पनीहरुलाई सामान खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति अनिवार्य थियो ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.