नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अबको एक साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने बताउनुभएको छ । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले आगामी आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको जानकारी दिनुभयो ।
गभर्नर अधिकारीले सकभर यहि शुक्रबार नभए आगामी आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो ।सरकार फेरिएसँगै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाई भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले केहि दिन अघि पत्रकार सम्मेलन गरी आफुले मौद्रिक नीति नरोकेको र राष्ट्र बैंक स्वायत्त संस्था भएको प्रष्टिकरण दिएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।
नयाँ सरकारले अध्यादेश मार्फत ल्याएइको बजेट संशोधन गर्ने बताएपछि मौद्रिक नीतिमा ढिलाई भएको थियो । गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको भन्ने विषय निराधार रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]