लघुवित्त क्षेत्रलाई फोसक गरेर लघुवित्त न्यूज डटकमको सुभारम्भ गरिएको छ । जुम कार्यक्रम मार्फत भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर राणाले समुद्घाटन गर्नुभएको हो । लघुवित्त क्षेत्रको अध्ययन सामग्रीको प्लेटफर्मका रुपमा उक्त न्यूज पोर्टललाई प्रयोग गरिने भएको छ । कार्यक्रममा प्रथम गभर्नर राणाले लघुवित्त क्षेत्रको इतिहास निकै कठिन अबस्थाबाट सुरु भई यहाँसम्म आइपुगेको बताउनुभयो । उहाँले फरक धारमा एउटै क्षेत्रलाई फोकस गरेर लघुवित्त न्यूज डटकमको थालनी हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै उक्त न्यूज पोर्टललाई सफलताको शुभकामना दिनुभयोे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण डिपार्ट प्रमुख तथा कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्त क्षेत्रको समाचार पोर्टल सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले तमाम चुनौतीलाई सामना गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । फरवार्ड कम्यूनिटि माइक्रो फाइनान्सका अध्यक्ष एवं पूर्व मन्त्री भगवति चौधरीले लघुवित्त क्षेत्रलाई आवश्यक परेको मिडियाको रोल मोडलमा अघि बढ्न शुभकामना दिनुभयो । उहाँले लघुवित्त क्षेत्र ग्रामिणसँग जोडिएको हुँदा दुर दराजका सामग्रीलाई महत्व दिन पनि आग्रह गर्नुभयो । त्यसैगरी लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त क्षेत्रमा मात्रै केन्द्रीत गरेर न्यूज पोर्टलको सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लघुवित्त क्षेत्र ग्रामिण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै ग्रामिण पत्रकारितामा उक्त पोर्टलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लघुवित्त क्षेत्रका अग्रज रामचन्द्र जोशीले लघुवित्त र वित्तीय साक्षरता एक अर्कामा पुरक भएको बताउँदै लघुवित्त क्षेत्रका बारे अलग्गै पहिचान बोकेर अघि बढ्न लागेको न्यूज पोर्टल समग्र लघुवित्तको विकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले लघुवित्त क्षेत्रको अध्ययन प्लेटफर्मका रुपमा न्यूज पोर्टलको सुभारम्भ हुनुले वित्तीय साक्षरतालाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.