नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८ ७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  चालू आर्थिक वर्षमा राष्ट्र बैंकले मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दे यस्तो जानकारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार राष्ट्र बैंकमा एक कार्यक्रमका बीच स्वदेश तथा विदेशमा मूल्य वृद्धिमा दबाब परिरहेको परिदृश्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्य वृद्धिको लक्ष्य वृद्धि गरेको बताएका हुन्  । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।
प्रचलित मूल्यको कूल ग्राहस्थ उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारका रुपमा लिँदै आर्थिक वर्ष २०७८/६९ मा विस्तृत मुद्रा प्रदायकको बिस्तार १९ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण गरिएको छ । मौद्रिक नीतिमा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतभित्र सीमित राख्नुका साथै आर्थिक उत्थानलाई प्राथमिकता दिइने उल्लेख छ ।

हेरौ मौद्रिक नीतिको पूर्ण पाठ

Monetary-Policy-2078-79

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds