नेपाल राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने रणनीतिसहितको मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार जारी गर्नुभएको मौद्रिक नीतिमा थोक तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर गर्न सक्ने व्यवस्था गरिएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको दोहोरो लगानी क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एकआपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरिनेछ ।  मौद्रिक नीतिमा भएका व्यवस्थाले लघुवित्तको संख्या घटाउनु मुख्य उद्देश्य रहेको जानकारहरू बताउँछन्  । नेपालमा हाल ७२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।

लघुवित्त बैंकर संघका अध्यक्ष वसन्त लम्साल मौद्रिक नीतिमा लघुवित्त सम्बन्धी व्यवस्था गरिएका नीति समग्रमा राम्रो भएपनि कार्यान्वयनपछि मात्र यसबारे भन्न सकिने बताउनुभएको छ । थोक तथा खुद्रा लघु वित्तीय संस्थाको मर्जरमा जोड दिइनुले सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सिइओ रामबहादर यादव समग्रमा लघुवित्तको क्षेत्रमा मौद्रिक नीति राम्रो रहेको बताउनुहुनछ ।उहाँ भन्नुहुन्छ, ‘मौद्रिक नीति ब्यालेन्स गर्ने लायकको छ । थोक तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर गर्न सक्ने विषय समेटीको छ । यसैले यसले लघुवित्तहरु मर्जरमा जान सहयोग पु¥याउने छ ।’

मौद्रिक नीतिमा लघुवित्त सम्बन्धी थप व्यवस्था ?

मौद्रिक नीतिमा भनिएको छ,‘लघुवित्त वित्तीय संस्थाहरूले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिका रूपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ ।’ मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी ‘ऋचयकक ज्यमिष्लन० भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरिनेछ भनिएको छ । बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था बाहेकका अन्य विषयगत सहकारी संस्थाका समूह सदस्य मार्पmत सामूहिक खेती तथा पशु-पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य रु. ५ लाख ननाघ्ने गरी त्यस्ता सहकारी संस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइने भनिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिको रुपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ । राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमा बमोजिम वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

मर्जरपछिका केहि सफलता

उन्नति माइक्रोफाइनान्स र सहकार्य माइक्रोफाइनान्सको मर्जरपछि उन्नती सहकार्य लघुवित्तको नामबाट संयुक्त कारोबार भइरहेको छ ।  आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्थाले पनि मर्जरपछि आरम्भ चौतारी लघुवित्त नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

स्वेडा लघुवित्तलाई गाभेर आकार बढाएको मिर्मिरे लघुतित्त वित्तीय संस्थाले लकडाउनकै समयमा पुन नागबेली लघुवित्तलाई गाभेर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेको थियो । यस्तै राष्ट्रिय स्तरका दुई लघुवित्त एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले मर्जरमा गइसकेका छन् । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच मर्जर भएको हो ।  मर्जरपछि लघुवित्तहरुले देशको ठूलो लघुवित्तको पहिचान बनाउँदै गरेको र अरुलाई पनि मर्जरमा जान उत्प्रेरित गरिरहेको छ । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनुपर्ने विज्ञहरु बताउँछन् ।

छिमेक लघुवित्तका सिइओ चोलराज शर्मा जोशी मौद्रिक नीतिका कारण ठूला लघुवित्त पनि मर्जमा जानुपर्ने अवस्था आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ठूला संस्था पनि मर्ज हुनुपर्ने अवस्था आएको छ । सुशासन राम्रै भएको संस्थासँग सानो संस्था मर्ज गर्दा राम्रै हुन्छ । तर ठूला दुई संस्थाबीच मर्ज हुँदा भावना नमिल्न पनि सक्छ ।’ उहाँ थप्नुहुन्छ, ‘अलि ठूलो संस्था मर्ज हुँदा एचआर म्यानेजमेन्टका कुराहरु आउँछ । यसबाट दुई वटा संस्थाहरु हुँदा भावना पनि एक हुन गाह्रो हुन्छ । ठूलो संस्थाले सानो संस्थालाई म्यानेज गर्न सक्छ । तर ठूलो संस्थाका बीच मर्ज भयो भने उस्ता उस्तै हुन्छन् । यसले एच आर म्यानेजमेन्टमा समस्या आउन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]