रामचन्द्र जोशी, वरिष्ठ लघुवित्त विज्ञ

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लेनेपालको अर्थतन्त्रलाई पनि ठूलो असर पारेको छ । गाउँगाउँ पुगेर विपन्न वर्गका लागि लगानी गर्दै आएका लघुवित्तहरु पनि यसबाट प्रभावित भए । अर्कोतर्फ लघुवित्त क्षेत्र सर्वसाधारणलाई चर्को ब्याज लिएर धेरै नाफा कमाएको भनेर बेलाबखतमा विवादमा आउने गरेको छ ।नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत गत आर्थिक वर्ष लघुवित्त कम्पनीहरूले अस्वभाविक नाफा गरेको बताउनुभएको छ । अहिलेको अवस्थामा लघुवित्तका ग्राहकहरुको अवस्था के छ ? कोरोनाको कत्तिको असर परेको छ ? यिनै विषयमा केन्द्रित रहेर हामीले वरिष्ठ लघुवित्त विज्ञ एवंलघुवित्त कम्पनीहरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहनुभएका रामचन्द्र जोशीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ जोशीसँगको कुराकानीको सम्पादित अंश ।

लघुवित्त क्षेत्रमा कोभिडले पारेका असरलाई कसरी हेर्नुभएको छ ?

कोभिडले लघुवित्तमा मात्र नभइ प्रायः सबैै क्षेत्रमा असर पारेको छ । लघुवित्तहरुको प्रमुख कार्य क्षेत्र नै ग्रामीण क्षेत्रहरुहुन । लघुवित्तका ग्राहकहरुलेगर्ने व्यवसायहरु जस्तैगाई, भैँसी, बाख्रा जस्ता पशुपक्षि पाल्ने, तरकारी खेति गर्नेलाई त्यति ठूलो असर परेको छैन । तर यी व्यवसाय बाहेक अन्य व्यवसायहरुसानासाना कुटिर व्यवसाय,किराना पसल, होटल लगायत अन्य व्यवसायहरुमा असर पारेको छ। कोरोनाका कारण लघुवित्तको रिकभरिमा पनि समस्याहरु देखा परेको छ।

अर्को थुप्रै लघुवित्तका कर्मचारीहरु कोभिडबाट संक्रमित भए भने कतिपयको मृत्यु समेत भयो । त्यस्तौ सदस्यहरुमा पनि कोरोना संक्रमण देखिएको छ । कतिको मृत्यु पनि भयो । यसकारण कोरोनाले लघुवित्तका कर्मचारी देखि ग्राहकसम्म असर पारेको छ । कोरोनाका कारण सबै क्रियाकलापहरु नै ठप्प भएपछि लघुवित्तको मात्रै सेवा सुचारु भइरहने अवस्था पनि रहेन । जसले गर्दा लघुवित्त क्षेत्रलाई पनि कोरोनाले असर पारेको छ । अहिले निषेधाज्ञा केहि खुकुलो भएकाले पनि काम गर्न सहज भएको छ । तर तेस्रो लहर आउने भन्ने पनि छ । यसले पनि असर गर्ने देखिन्छ ।

कोभिडको अवस्थामा पनि लघुवित्तहरुको आम्दानी राम्रै देखियो, के लघुवित्तमा कोभिडको असर नपरेको हो ?

त्यस्तो होइन् । अरु बेलाको भन्दा कर्जा लगानी बढी भएको छ । खर्चहरुमा पनि व्यापक कटौती भएको छ । पहिला कर्मचारी र सदस्यको तालिमहरुमा थुप्रै रकम खर्च हुन्थ्यो । तालिमका कार्यक्रम पनि हुन पाएको छैन । लघुवित्तमा फिल्ड अनुगमनमा जानु अनिवार्य जस्तै हो तर कोरोनाका कारण जानपर्ने ठाउँमा समेत जान नसक्ने भएकाले हाल भईरहेकै कर्मचारीबाट काम चलाउँदा कर्मचारीको खर्च कटौती भएको छ ।

तसर्थ, सामान्य अवस्थामा नियमित रुपमा गरिने खर्चहरुमा समेत कटौती हुँदा आन्दानी वृद्धि भएको देखिएको छ । त्यस्तै सदस्यको व्यवसायलाई पुनःरुत्थान गर्न केहि कर्जा नविकरण र केहि थप कर्जाहरु दिईएकोले कर्जा लगानी वृद्धि भई ब्याज आम्दानी बढन गई आम्दानीमा वृद्धि देखिएको हो । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराई ऋणिको पुनरुत्थानमा सहयोग पु्याएको छ । तर सधैं यस्तो सुविधा प्राप्त हुँदैन र कर्जाको वृद्धि दर पनि यहि गतिमा कायम हुँदैन ।

लघुवित्तको नाफा अस्वभाविक भयो भन्ने कुरा पनि आइरहेको छ, राष्ट्र बैंकका गभर्नरबाटै यस्तो कुरा आएको छ, तपाई के भन्नुहुन्छ ?

मलाई अस्वभाविक वृद्धि जस्तो लाग्दैन । किनभने क्यापिटल स्टक्चर सानो छ । हामीले पहिलो कर्जा पाचँ,दश हजार दिन्थ्यौं । तर आज शुरुवातमै दूईलाख रुपैयाँ र धितो लिएर पन्ध्र लाखसम्म कर्जा दिनसक्ने व्यवस्था रहेकोछ । यसले गर्दा पनि खर्च आम्दानीमा वृध्दि र खर्चमा व्यापक कटौती भएको छ । त्यस्तै शुरुवाति दिनहरुमा केहि लघुवित्तहरुको १५ दिनमा, साप्ताहिक मिटिङ हुन्थ्यो । तर अहिले सबैको मिटिङ एक महिनामा हुने गरेको छ । त्यसले गर्दा पनि खच कटौतीमा सहयोग भएको छ ।

तर अर्काेतर्फ कर्जाको आकार ठूलो भएकोले लघुवित्तको मुल उद्देश्य अनुसार अति गरिबसम्म कार्यक्रम नपगेको आकँलन गर्न सकिन्छ ।अति विपन्न ,गरिब व्यक्तिहरुसम्म पुग्ने हो भने सानो सानो कर्जा दिनुपर्ने हुन्छ ,कर्जाको साथमा सिप एवं व्यवसाय व्यवस्थापनको ज्ञान समेत दिने र अनुगमन बढाउने गर्नुपर्छ । यसले गर्दा खर्च बढन गई बैकंको नाफामा दवाब पर्न जान्छ । नेपाल राष्ट्र बैकंले पनि लघुवित्त सस्ंथाहरुलाई अति विपन्नवर्गमा जानको लागि प्रेरित गर्ने किसिमको नीति ल्याउनुपर्ने देखिन्छ ।

नेपालको परिप्रेक्ष्यमा लघुवित्तको लगानी ग्रामीण तहमा र विशेषगरी गरिब वर्गमाथि छ । लघुवित्त क्षेत्रका ऋणीको उद्यमशीलतालाई कसरी हेर्नुभएको छ ? के उनीहरु सक्षम उद्यमी बनिसकेको अवस्था हो ?

कोरोना महामारी अगाडी उद्यमशिलता विकास राम्रोसँग भइरहेको थियो । लघुवित्तका सदस्यहरुले कुनै व्यवसाय गर्नतालिमहरु चाहिए निःशुल्क तालिम सञ्चालन गर्दै आएका थिए । तर अहिले तालिमको अभाव भएको छ भने उत्पादित वस्तुले बजार पाउन समस्या भएकोछ । पहिलेको तुलनामा उद्यमशिलता कम भएको छ । लघुवित्तहरुका ग्रामीण सेक्टरमा हेर्ने हो भने गरिब, अति गरिब, विपन्न वर्ग जो छन् । ती व्यक्तिलाई सहयोग गर्ने कुनै निकाय अत्यन्त कम छन् । यिनै लघुवित्तले कर्जा उपलव्ध गराउने, उनीहरुलाई उद्यमी बनाउनका लागि व्यवसायको निरीक्षण गरेर काम गर्न सिकाउँदै आएका छन् । तर यो काममा विस्तारै कमी हुँदै गएको छ । वित्तीय साक्षरता सगँ सगँै व्यवसाय संचालन तथा व्यवस्थापनको कार्य सिकाउने लघुवित्त नै हो । त्यसकारण लघुवित्तले गर्दा उधमशिलता विकासमा सहयोग पुगेको छ भने लघुवित्त सस्ंथाले पनि कर्जा लगानीलाई मात्र ध्यान नदिई कति ऋणिलाई उद्यमी बनाउन सकियो भन्नेतिर ध्यान दिदँै लघुउद्यमी विस्तारमा आफुलाई केन्द्रित गर्नुपर्ने देखिन्छ ।

तपाईको विचारमा लघुवित्तका ग्राहक वर्गमा देखिएका समस्याहरु के कस्ता रहेका छन् ?

लघुवित्तका ग्राहकहरुकोभिडकै कारण समस्यामा परेका छन् । तुरुन्तै व्यवसायहरु सञ्चालन गर्न सक्ने अवस्था छैन भने कतिपय व्यवसाय हरु संचालन गरेपनि चल्न सकेका छैनन । कोभिडले गर्दा उनीहरुको व्यवसाय नै रोकिएको छ । कतिपय ठाउँमा पुजिँको अभाव भएको छ । उद्योगहरुमा काम गर्ने ग्राहकहरु उद्योग बन्द हुदाँ समस्यामा परेका छन् । कोहि आफँै कोभिड लागेर समस्यामा परेका छन् । त्यसकारण उनीहरुका लागि थुप्रै समस्याहरु देखिएको छ । दैनिक गुजारा गर्न पनि ठूलो समस्या परेको छ । त्यसकारण उनीहरुलाई राहतका कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । लघुवित्तकर्मीहरुले उनीहरुलाई व्यवसायमात्र नभइ दैनिक हातमुख जोड्न पनि सहयोग गर्नुपर्ने देखिन्छ ।

लघुवित्त क्षेत्रबाट समृद्धि हासिल गर्न के–के गर्नुपर्ला ?

गरिब तथा विपन्नलाई कर्जा मात्र दिएर हुँदैन । उनीहरुलाई सोही अनुसारको सीप र तालिम पनि दिन सक्नुपर्छ । गरिब, मध्यम वर्गका व्यक्तिहरु सक्षम र पहुँच पनि हुने गर्छ । उनीहरु अन्य ठाउँमा गएर कर्जाहरु लिन सक्छन् । तर अति गरिबले सरकारी स्तरबाट समेत राहत पाउन सकेका छैनन् । उनीहरुलाईसीप,पुजिँको साथ साथै व्यवसाय संचालनको ज्ञानसमेत दिनुपर्छ ।

लघुवित्तको मुख्य उद्देश्य नै ग्रामीण क्षेत्रमा छरिएर रहेका स–साना पुँजीलाई निक्षेपका रूपमा संकलन गर्ने र संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरी सदस्यकोे आर्थिक अवस्थामा सुधार गरी राष्ट्रिय उत्पादनमा योगदान पु¥याउनु हो। लघुवित्त संस्थाले आफ्नो उद्देश्य अनुरुप विपन्न तथा अतिविपन्न वर्गलाई समेटन सक्ने खालको कार्यक्रम ल्याई देशको गरिबि न्युनिकरणमा सहयोगी को भुमिका खेल्नु पर्दछ । समूहको माध्यमबाट बिनाधितो कर्जा प्रवाह गरी निरपेक्ष गरिबीको रेखामुनिका नागरिकमा वित्तीय पहँुचको वृद्धि र वित्तीय साक्षरताको विस्तार गर्ने काम लघुवित्तले गर्दछ । कर्जाको सदुपयोग हुने हो भने गरिबी न्यूनीकरणको भरपर्दो माध्यम लघुवित्त वित्तीय संस्थाको सेवा हुन सक्छ। राज्यका लागि दरिलो खम्बाका रूपमा लघुवित्त संस्था उभिन सक्दछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.