लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार तयार हुनुपर्ने निर्देशन जारी गरेको छ । बुधबार एक परिपत्र मार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको हो । उक्त निर्देशन पछि अब राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०८९ असार मसान्तको वित्तीय विवरण एनएफआएसअनुसार तयार गर्नुपर्छ । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यबस्था पनि परिपत्रमा उल्लेख छ । परिपत्रमा एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गर्दा १।५० प्रतिशत, एक वर्षभन्दा कम समयको लागि कर्जा प्रवाह गर्दा १.४ प्रतिशत, चौमासिक रुपमा ०.३७ प्रतिशत, तथा थोक कर्जा प्रवाहमा ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने उल्लेख छ ।

D-Circular-no-2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]