लघुवित्त न्यूज । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेले कोभिड–१९ को कारण ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनीकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले २०७८ जेष्ठ १६ गते देखि अषाढ मसान्तसम्म साँवा, व्याज वा व्याज मात्र भूक्तानी गरेमा भूक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुरुप वित्तिय संस्थाले उक्त मितिमा साँवा, व्याज वा व्याजमात्र भूक्तानी गरेका आफ्ना ग्राहक सदस्यहरुलाई ९९ लाख ९७ हजार ७०८ रुपैया व्याज छुट दिएको जनाएको छ । कोरोनाको कहरबाट आक्रान्त भएको बेला व्याज छुटले केही हद सम्म भए पनि सहुलियत भएको ग्राहक सदस्यहरुले जनाएका छन् । प्रदेश नं. १ को विराटनगरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले २०७८ अषाढ मसान्तसम्म विभिन्न ३१ वटा जिल्लाका ९९ वटा कार्यालय मार्फत १ लाख ४८ हजार ३२ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.