लघुवित्त न्युज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विश्वव्यापी फैलिएको कोभिड–१९ (कोरोना) भाइरस महामारीले सम्पूर्ण क्षेत्र पेशा, व्यवसायी प्रभावित भएको परिस्थितिलाई मध्यनजर गरेर आफ्ना सम्पूर्ण सदस्यहरुलाई राहतस्वरुप ९० लाखसम्म ब्याज छुट दिएको छ ।

विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको जनाएको छ ।
यस बिषम परिस्थितिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १० (दश) प्रतिशत ब्याज छुट प्रदान गरेको हो । वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १,२८,५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.