लघुवित्त न्युज । आशा लघुवित्त वित्तीय संस्था लि. यहि २०७८ भाद्र १५ गते पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरु लगायत स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा ब्यक्त गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्न समुदायका निम्ति आशा‘’ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरु मार्फत ६५ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै १ अर्व ३२ करोड भन्दा बढि निक्षेप संकलन गरेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds