लघुवित्त न्युज । लघुवित्त आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लि. केन्द्रीय कार्यालय बनेपाकोे आयोजनामा शाखा प्रमुखहको सहभागितामा सरल रुपमा सेवा प्रबाह गर्ने Business Promotion Strategies  यही भाद्र ९ देखि १० गतेसम्म २ दिने तालिम सम्पन्न गरेको छ ।

लक्ष्मी होटल रुपन्देही बुटवलमा तालिमको उद्घाटन गर्दै संस्थाका संचालक पुष्पराज ढकालले तालिमबाट कर्मचारीको क्षमता बिकास भई संस्थागत लक्ष्य हासिल गर्न ऊर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा विकास गर्ने संस्थाकोे उद्देश्य समेत रहेको बताउनुभएको थियो ।

तालिममा बैंकका नायब कार्यकारी अधिकृत किरण काफ्ले, बिभागीय प्रमुख बिमल खनाल र ज्ञानिश्वर पन्तले उक्त तालिमको प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा संस्थाका नायब कार्यकारी अधिकृत किरण काफलेले कर्मचारीहरुको दक्षताले मात्रै संस्था सबल बन्न सक्ने, सेवा ग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउदै सेवा ग्राहीलाई उत्कृष्ट सेवा दिने गरी यहाँ सिकेका कुराहरु फिल्डमा व्यवहारिक रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । तालिममा विभिन्न ७ जिल्लाका ३८ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण गिता राउतले गर्नुभएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds