डा. हरिहरदेव पन्तको छैटौं स्मृति दिवसका अवसरमा ‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण गरिएको छ । मिति २०७८ भाद्र २१ गते सोमबार आयोजना गरिएको भर्चुअल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रले ‘समृद्धिको मार्गमा–२०७८’ पुस्तक लोकार्पण गर्नु भयो ।

(स्व. डा. हरिहरदेव पन्त छैठौं स्मृति दिवसको दिन “समृद्धिको मार्गमा २०७८” पुस्तक लोकार्पण गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्र)

विमोचन पश्चात प्रमुख अतिथिको मन्तव्य राख्नु हुदै डेपुटी गभर्नर मिश्रले  डा. हरिहरदेव पन्तको लघुवित्त प्रति अत्यन्तै समर्पण रहेको र उहाँले चालेका पाईलाहरुको अनुशरण गर्दै निरन्तरता दिनु नै उहाँप्रतिको सच्चा श्रद्धासुमन हुने बताउँनुभयो । उहाँले शैक्षिक क्षेत्रमा मौद्रिक अर्थशास्त्र तथा ग्रामिण विकास बिषयमा पुरस्कार राख्नु आफैमा अत्यन्त महत्वपूर्ण र सकरात्मक पक्ष रहेको बताउँनुभयो । साथै आर्थिक पत्रकारिता पुरस्कार, लघुउद्यमशील पुरस्कारले हौसला प्रदान गरेको छ । समृद्धिको मार्गमा २०७८ पुस्तकमा समेटिएका विषयहरुले अन्य लघुउद्यमीहरुलाई पनि हौसला प्रदान गर्नेछन् र यस किसिमको व्यवसाय र विचारलाइ अनुसरण गर्नु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले डा. पन्त नेपालका फादर अफ माइक्रोफाईनन्स हुनुहुन्छ र भावी पुस्ताहरुले पनि उहाँको सहि विचारलाई अनुशरण गरी सम्बन्धित क्षेत्रको विकासको लागि अग्रसर हुनु पर्ने बिचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले डा. हरिहरदेव पन्तको सरल व्यवहार, आत्मविश्वास र सिद्धान्तको आधारमा लघुवित्त संस्थाको अवधारणा छोडेर जानुभएको र यसलाई आत्मसाथ गरी निरन्तरता दिदैं जानु पर्ने बताउनुभयो । उहाँले गरीबहरुको वित्तीय पहँुच नभएको अवस्थामा उनीहरुको आर्थिक अवस्था उकास्नको लागि नेपालमा लघुवित्तको सिद्धान्त ल्याउनु नै सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँ मन, वचन र कर्मले लघुवित्त प्रति समर्पित हुनुहुन्थ्यो र लघुवित्तको सफलताका लागि वारम्वार लागि पर्नु भयो ।

नेपालमा रेमिट्यान्सबाट गरीवी घटेको नभई  ज्भउि भिकक उययच लाई सहयोग गर्ने लघुवित्तले नै वास्तविक गरीवी घटाउँछ । लघुवित्त गरीवसंगै बस्छ, गरीव कै पिरमर्का बुझ्छ र लघुवित्त नै गरीबी घटाउन  गरिवहरुप्रति समर्पित रहन्छ उहाँले भन्नुभयो ।

डा. हहिरदेव पन्त लघुवित्तमा आउन सक्ने विकृती प्रति चिन्तित हुनुहुन्थ्यो । उहाँले शुरु गर्नुभएको कार्यक्रम देशको ७७ वटै जिल्लामा पुगेको छ । अहिले कोरोनाको कारणले पनि गरीवी बढेको छ र गरीबलाई लघुवित्तले मात्र सहयोग गर्न सक्छ भन्नुभयो । डा. पन्तले आफ्नो अन्य बिषयहरुलाई छोडेर गरीवहरुको सेवाको लागि लघुवित्तको अवधारणा विकास गर्नुभयो । उहां लघुवित्तका पिता हुनुहुन्छ । उहाँको अनुसरण र योगदानको कदरले नै उहाँको आत्माको चीर शान्ति हुने उहाँको भनाई थियो ।

लघुवित्त बिषेशज्ञ डा. नरहरि ढकालले लघुवित्त कार्यक्रम तथा निर्धन उत्थानका बिषयमा सवै व्यक्ति जानकार रहेको र डा. हरिहररदेव पन्तकै मार्गदर्शनबाट लघुवित्त कार्यक्रम सञ्चालन भएको बताउँनु भएको थियो । उहाँले नेपालमा ग्रामिण बैकिङ कार्यक्रमको मोडालिटिको बारेमा मार्गदर्शन गर्नुभयो । उहाँ शैक्षिक, प्राज्ञीक र व्यवहारिक ब्यक्तित्व हुनु हुन्थ्यो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष श्री जनार्दन देव पन्तले प्रदेशस्तरमा उत्कृष्ट भएका लघुउद्यमीहरुलाई डा. हरिहरदेव पन्तको छैठौं स्मृति दिवसमा काठमाण्डौंमा उपस्थित गराउन कोरोना महामारी (कोभिड १९) को विषम परिस्थितिले गर्दा सम्भव नभएकोले सम्वन्धित उत्कृष्ट उद्यमीको वैंक खातामा पुरस्कार रकम पठाउने र स्थानीय स्तरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयबाट पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाईएको जानकारी गराउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा ग्रामीण विकास र मौद्रिक अर्थशास्त्रमा उत्कृष्ट अंक ल्याई उत्र्तीण हुने सर्वोत्कृष्ट बिद्यार्थीहरु क्रमशः श्री नरेन्द्रराज पनेरु र श्री दुर्गा श्रीस साथै आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण गर्ने आर्थिक पत्रकार ममता थापालाई पुरस्कृत गरिएको जानकारी गराउनु भयो । उहाँले पुरस्कार विजेताहरु आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ । उहाँहरुको प्रयास प्रेरणादायी छन् भन्दै सबै पुरस्कार विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नु भयो साथै आगामी दिनमा पनि आ–आप्mनो क्षेत्रमा थप योगदान पु¥याउन सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नु भयो ।

श्री पन्तले विपन्न वर्गमा सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पु¥याउन लघुवित्तको सुरुवात गरी आफ्नो जीवनभर गरीबी र वेरोजगार हटाउन लाग्नु भएका डा.हरिहरदेव पन्तको अधुरा कार्यहरु हामीहरुले पुरा गर्ने प्रयास गर्दछौं भन्ने भावना व्यक्त गर्नु भयो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष शरदनिधि तिवारीले कार्यक्रमको अध्यक्षता तथा समापन गर्नु भएको थियो ।

लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरूको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्र्तगत प्रदेशस्तरमा उत्कृष्ट लघुउद्यमीलाई “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” प्रदान गरिएको थियो ।

फुङ्गलिङ्ग नगरपालिका वडा नं. ५ की वडाध्यक्ष श्री भिमा देवी ओझाले लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न यस संस्थाद्वारा संचालित लघुउद्यमशील पुरस्कार कार्यक्रम अन्तर्गत प्रदेश नम्बर १ बाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी÷व्यवसायी श्रीमती छलिमाया हाङवाङलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु.३०,०००।– सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

(फुङ्गलिङ्ग नगरपालिका वडा नं. ५ की वडाध्यक्ष श्री भिमा देवी ओझाले प्रदेश नं. १ बाट ताप्लेजुङ्ग जिल्ला फुङ्गलिङ्ग शाखाकी अफसेट प्रेस संचालन गर्दै आउनु भएकी छलिमाया हाङवाङलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

प्रसौनी गाउँपालिकाको अध्यक्ष श्री भोला प्रसाद गुप्ताले प्रदेश नम्बर २ बाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी÷व्यवसायी श्रीमती रिना देवीलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु. ३०,०००।– सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

(प्रसौनी गाउँपालिकाको अध्यक्ष श्री भोला प्रसाद गुप्ताले प्रदेश नं. २ बाट बारा जिल्ला प्रसौनी शाखाकी शिवशक्ति सेरामिक उद्योगी रिना देवीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

बागमती प्रदेश सांसद श्री कृष्ण भुर्तेलले बागमती प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी श्रीमती पदमा गुरुङलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु. ३०,०००।– सहित सम्मान–पत्र सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

(बाग्मती प्रदेश सांसद श्री कृष्ण भुर्तेलले बागमती प्रदेशबाट चितवन जिल्ला चनौली शाखाकी दाना व्यवसायी पदमा गुरूङलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

थासाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष श्री विशाल शेरचनले गण्डकी प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी÷व्यवसायी श्रीमती जुना गौचनलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु. ३०,०००।– सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

(थासाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष श्री विशाल शेरचनले गण्डकी प्रदेशबाट मुस्ताङ जिल्ला घांसा शाखाकी होटल तथा भेडापालन व्यवसायी जुना गौचनलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

तानसेन नगरपालिकाकी उपमेयर श्री लक्ष्मी देवी पाठकले लुम्बिनी प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी÷व्यवसायी श्रीमती देवी कुमाललाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु. ३०,०००।– सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

(तानसेन नगरपालिकाकी उपमेयर श्री लक्ष्मी देवी पाठकले लुम्बिनी प्रदेशबाट पाल्पा जिल्ला बाँसटारी शाखाकी एग्रो नर्सरी तथा कुखुरापालन व्यवसायी देवी कुमाललाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

भेरी नगरपालिकाको मेयर श्री चन्द्र प्रकाश घर्तीले कर्णाली प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी÷व्यवसायी श्रीमती पुष्पा नेपालीलाई यस वर्षको डा.हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु.३०,०००।– सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

(भेरी नगरपालिकाको मेयर श्री चन्द्र प्रकाश घर्तीले कर्णाली प्रदेशबाट जाजरकोट जिल्ला खलङ्गा शाखाकी जुत्ता चप्पल उद्योगी पुष्पा नेपालीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

घोडाघोडी नगरपालिकाका प्रमुख श्री ममता प्रसाद चौधरीले सुदूरपश्चिम प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी÷व्यवसायी श्रीमती दुर्गा रजालीलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु.३०,०००।– सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

(घोडाघोडी नगरपालिकाका प्रमुख श्री ममता प्रसाद चौधरीले सुदूरपश्चिम प्रदेशबाट कैलाली जिल्ला सुख्खड शाखाकी बेकरी उद्योगी दुर्गा रजालीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

आर्थिक क्षेत्रमा योगदान पु¥याउन विद्यार्थीको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र सन २०१६–२०१८ मा सर्वप्रथम स्थान हासिल गर्न सफल हुनुभएका श्री नरेन्द्रराज पनेरुलाई नगद रु.५०,०००।– (अक्षरेपी पचास हजार) सहित सम्मान–पत्र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका संचालक श्री टोप बहादुर रायमाझीले प्रदान गर्नु भएको थियो ।

(निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका संचालक श्री टोप बहादुर रायमाझीले श्री नरेन्द्रराज पनेरुलाई डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कारस्वरूप नगद रु. ५० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

ग्रामीण विकासमा योगदान पु¥याउन विद्यार्थीको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र सन् २०१६–२०१८ मा सर्वप्रथम स्थान हासिल गर्न सफल हुनुभएकी श्री दुर्गा श्रीसलाई पुरस्कार स्वरूप नगद रु. ५०,०००।– (अक्षरेपी पचास हजार) सहित सम्मान–पत्र निर्धन संस्थाका संचालक डा. फत्त बहादुर के.सी.ले प्रदान गर्नु भएको थियो ।

(निर्धन संस्थाका संचालक डा. फत्त बहादुर के.सी.ले श्री दुर्गा श्रीसलाई डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कारस्वरूप नगद रु. ५० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउण्डेसनले स्थापना गरी हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष अन्नपूर्ण पोष्टकी आर्थिक संवाददाता श्री ममता थापालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरूप नगद रु. ५० हजार सहित सम्मान–पत्र डा. हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले प्रदान गर्नु भएको थियो ।

(डा. हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले आर्थिक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकी आर्थिक संवाददाता श्री ममता थापालाईलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरूप नगद रु. ५० हजार सहित सम्मान–पत्र प्रदान गर्दै)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]