लघुवित्त न्युज । कपिलवस्तुस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कृष्णनगरले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । यस संस्थाले स्थानीय महिलाहरुको समुह बनाई उक्त समुह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यस्तै महराजगंजस्थित उन्नति जिग्ना महिला समुहकी सदस्य निर्मला कूर्मीको अल्पायूमै दुर्घटनामा निधन भएपछि सदस्यले पाउने बीमा रकम यही असोज १२ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

मृतकको श्रीमान् श्री असर्फी प्रसाद कूर्मीलाई बीमा बापतको रकम रु ४ लाख ५६ हजार सात सय पैसठ्ठी रुपैया शाखा कार्यालय कृष्णनगर शाखा प्रमूख अनिल शाहीले प्रदान गर्नुभएको हो । संस्थाका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियमअनुसार सदस्यको काल गतिमा मृत्यु भएमा १ सय २८ प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय २८ प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी बिशराम लोनियाले जानकारी दिनूभयो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds