लघुवित्त न्युज । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोल्हवी, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । बारा जिल्ला कोल्हवी नगरपालिका वडा नं. ०५ का केन्द्र नं. ९७ की सदस्य चन्दावती चौधरीको मृत्यु पश्चात निजका श्रीमान् राम अयोध्या चौधरीलाई बिमाको क्षतिपुर्ति रकम उपलब्धध गराएको हो ।

शाखा कार्यालय कोल्हवी, बाराका शाखा प्रबन्धक सरोज कुमार महतोका अनुसार निज सदस्य श्रीमति चन्दावती चौधरीेले संस्थाबाट रु.२,००,०००/– कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार रु.२,००,०००/– बिमाङ्कक रकम र काजक्रिया खर्च रु.२५,०००/– गरि जम्मा रु.२,२५,०००/– रकम बराबरको चेक संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्घारा निज मृतक सदस्यका श्रीमान् राम अयोध्या चौधरीलाई एकमुष्ट भुक्तानी गरिएको हो ।

दुःखको समयमा संस्थाले जम्मा रु.२,२५,०००/– को बिमाङ्कक रकम उपलब्ध गराइ दिएकोमा निज सदस्यका श्रीमान राम अयोध्या चौधरी र केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिनुभएको हो । साथै संस्थाले आफना ग्राहक सदस्यहरुको हकहित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप संस्थाले आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोगका प्याकेजहरु उपल्वध गराउँदै आइरहेको शाखा प्रबन्धक सरोज कुमार महतोले बताउनुभयो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.