लघुवित्त न्युज । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । साधनाको नयाँ शाखा रौटहट जिल्लाको कटहरीया नगरपालिका वडा नं. ६ स्थित जलैयाचोकमा यही असोज १७ गते औपचारिक रुपमा उद्घाटन भएको हो ।

उक्त नयाँ शाखाको उद्घाटन प्रमुख अतिथि तथा कटहरियाका नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा तथा कार्यक्रमका सभापति एवं साधनाका शाखा कार्यालय जलैया १ केन्द्रका शाखा प्रमुख गायत्री देवीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथीहरुमा कटहरीया नगरपालिका वडा नं ६ को वडाध्यक्ष शम्भुप्रसाद यादव, साधना लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयको नायब महाप्रबन्धक सिताराम पण्डित रहनुभएको थियो भने अन्य अतिथीहरुमा वाइसिएल जिल्ला इन्चार्ज अजितकुमार कुश्वाहा, वडा नं ६ को वडा सदस्यहरु, समाजसेवीको साथै विभिन्न क्षेत्रबाट आउनु भएका प्रतिनिधि तथा अभिभावक गरि झण्डै १२० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तथा संस्थागत सेवाहरु कर्जा बचत, विमा रेमिटान्स तथा समाजिक उत्तरदायित्व अन्तर्गतको सोवाहरुको बारेमा संस्थाको केन्द्रीय कार्यालयको प्रतिनधि नायब महाप्रबन्धक श्री सिताराम पंडितले प्रकाश पार्नु भएको थियो । शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख अतिथी कटहरीया नगरपालिकाको मेयर सियारामप्रसाद कुशवाहाले दिप प्रजवलन तथा रिबन काटेर कारोवारको शुभारम्भ गर्नु भएको थियो ।

संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच ३१ वटा जिल्लाका ७६ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ७५ करोड र बचत रु. ९०करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]