लघुवित्त न्युज । छलिमाया हाङवाङ प्रदेश १ को उत्कृष्ट लघु उद्यमी घोषीत भएकी छन् । उत्कृष्ट लघु उद्यमीको रुपमा उनलाई डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ । उहाँले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । छलिमायाले आफ्नो व्यवसायमा परिवारका सदस्यको साथै अन्य व्यक्तिहरुलाई रोजगारी समेत दिँदै आउनुभएको छ । सानो लगानी गरेर आफ्नो व्यवसायिक क्षेत्र फराकिलो बनाउँदै लैजानुभएको छलिमाया अन्य स्थानीय महिलाहरुका लागि प्रेरणासमेत बन्नुभएको छ । प्रदेश नं. १ को ताप्लेजुङ जस्तो विकट जिल्लामा सञ्चालन गरेको उहाँको व्यवसायबाट समयमै ऋणको किस्ता तिर्नेर बाँकी भएको थोरै थोरै रकम जम्मा गरेर जग्गासमेत किनिसक्नुभएको छ ।

को हुन छलिमाया

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको दुर्गम गाविस हाङपाङमा २०२५ साल असोज ७ मा छलिमायाको जन्म भई ताप्लेजुङ जिल्ला साँवा गाविस वडा नं। ९ स्थायी घर भका मौलहाङ लिम्बूसँग वि।सं। २०४६ फागुन २३ मा विवाह भएको थियो । उनी २०५५ सालमा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङमा आइन् । फुङलिङमा केही व्यवसाय गर्ने सोच आएकाले ताप्लेजुङ उद्योग वाणिज्य संघमा वहार अफ सेट प्रेस दर्ता गरी सदस्यता लिइन् । पारिवारिक अवस्था कमजोर रहेको र भर्खर विवाह गरेकाले घर चलाउनलाई समेत गाह्रो भएको थियो । त्यस्तो अवस्थामा उक्त व्यवसायले राहत दिने अपेक्षा उनीमा थियो । त्यसपछि उनले फर्म दर्ता गरी व्यवसाय सञ्चालनका लागि पूँजी जुटाउन गाह्रो भएको अवस्थामा २०७१ साल जेठमा उनी बालमन्दिर। महिला स्वावलम्वी समूहमा आबद्ध भइन् ।

छापाखाला व्यवसाय गर्नका लागि रु ४० हजार कर्जा लिइ १ वटा मेसिन किनी व्यवसायी अगाडि बढाइन् । दोस्रो पटक रु। १ लाख, तेस्रो पटक १ लाख ३० हजार गर्दै हाल पाँचौं पटकको कर्जा रु २ लाख लिई व्यवसाय विस्तार गरेकी छिन् । हाल थप २ वटा मेसिन खरिद गरी राम्ररी घर व्यवहार चलाएर बालबच्चालाई क्याम्पस पढाएर मासिक रु ३० हजार आम्दानी गरिरहेको उनी बताउँछिन् । उनले निर्धनमा कुल रु ६१ ह्जार बचत जम्मा गरेकी छिन् । हालसम्मको किस्ता नियमित रुपमा भुक्तानी गरिरहेकी छन् ।

उनले सञ्चालन गरेको व्यवसायमा २ छोरी र १ छोरासमेतले बिहानमा क्याम्पस पढ्ने र दिउँसाको समयमा पसलमा सघाउने गरेको उनी बताउँछिन् । साथै, उनले उक्त व्यवसायमा पति र अर्का १ जनालाई रोजगारी पनि दिएकी छन् । उनको व्यवसायले छपाइसम्बन्धी किताब, बिल, पत्रपत्रिका, स्टाम्प आदि बनाउने गर्दछिन् । घर खर्च चलाएर बचेको आम्दानीबाट फुङलिङ ६ मा २ रोपनी घडेरी समेत किनेकी छिन् । उनको व्यवसायमा करिब रु ३० लाख लगानी रहेको र व्यवसायलाई अगाडि बढाउन हालको कोभिड–१९ को कारणले केही असहज भएर नोक्सानी भएको तर पनि वैकल्पिक व्यवसायको रुपमा बँगुरपालन र तरकारी खेती व्यवसाय गरेर नियमित रुपमा संस्थाको किस्ता भुक्तानी गर्ने गरेको साथै आउँने दिनमा केही सहज भएपछि पूरानो अवस्थामा आएर गति लिने विश्वास उनको छ । उनको अनुसार साहु महाजनको चर्को ब्याजबाट मुक्त हुन र व्यवसायलाई अगाडि बढाउने छिटो छरितो सेवा प्रदान गर्न निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ठूलो भूमिका रहेको उनी बताउँछिन् ।

आगामी दिनमा अझै २ वटा मेसिन खरिद गरी व्यवसाय वृद्धि गर्ने योजना रहेको उनी बताउँछिन् । उनको सफलताको सहयोगीको रुपमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सधैं भइ रहने मुस्कुराउँदै भन्छिन् । अन्तमा उनले सबै महिला दिदीबहिनीलाई कर्जा लिई सदुपयोग गरी ईमान्दारीका साथ आय आर्जन गर्न सुझाउँछिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]