लघुवित्त न्युज । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यही कात्तिक ३ मा बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाउँपालिका वडा नं. १, पडसरी रुपन्देहीस्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आर्शिबाद बैंकिङ्ग समुदायकी सदस्य स्व. गीता गुरुङ्गको मृत्यु पश्चात नीजको श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरिएको जनाएको छ ।

निज सदस्यको गत भदौ १० गते ४७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्व. गीता गुरुङ्ग जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा २०७६ असार १७ गतेबाट आबद्ध भई नियमित बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र २०७७ भदौ २५ गते रु. १,००,०००।– कर्जा उपभोग गरेकोमा निज सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट रु १,१०,००० प्राप्त भएकोमा निजले उपभोग गरेको कर्जामध्येबाट बाँकी कर्जा रकम रु ६३,८२६ कट्टा गरी बाँकी नगद रकम रु ४६,१७४ हस्तान्तरण गरिएको हो ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलद्धारा निज मृतक सदस्यको श्रीमान रबिन्द्र कुमार थापालाई नगद हस्तान्तरण गरिएको छ । संस्थाले आफ्ना सदस्यहरुको हित तथा संरक्षण गर्नका लागि सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाका कर्जा बिभाग बिभाग प्रमुख भरत कुमार रसाली, बुटवल बेश अनुगमन अधिकृत टोपबहादुर सुनार, शाखा प्रमुख गीता रायमाझी, कर्मचारी दिपेन्द्र रसाइली, तारापती पौडेल र बैकिङ्ग समुदायका सदस्यहरुको उपस्थित रहेको थियो ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.