लघुवित्त न्युज । तीन दिनको बेमौसमी वर्षाले नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍यएको छ । सरकारले बाढी पीडितहरुको उद्दार तथा राहत ढिलासुस्ती गरेपछि पूर्वमन्त्री तथा समेत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षसमेत रहनुभएकी एमाले नेतृ भगवती चौधरी पीडित परिवारलाई राहत वितरण गर्न आफै दौडिरहनुभएको हो । सुनसरीको विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति पुगेपछि सुनसरी क्षेत्र नम्बर ३ की नेतृ भगवती चौधरी पिडित परिवारलाई राहत वितरण गर्न जानुभएको हो ।

दशैं र तिहार जस्ता ठूला चाडपर्वको संघारमा अकस्मात आइपरेको विपत्तिबाट आफ्नो क्षेत्रका सयौं किसान आक्रान्त भएपछि बुधबार नेतृ चौधरीले डुवानमा परेका किसानहरुलाई तत्कालका लागि चाउचाउ, भुजा लगायतका राहत वितरण गर्नुभएको थियो ।

नेतृ चौधरीले सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने दुहवी, खनार, बर्जु तथा गढी गाउँपालिकामा बाढीको प्रकोपबाट आक्रान्त भएका परिवारलाई भेटेरै भुजा तथा चाउचाउ वितरण गरेकी स्थानीय युवा सदाम अन्सारीले बताए । दिनेश चौधरी स्मृति प्रतिष्ठानबाट बर्जु गाउँपालिका–६, गढी गाउँपालिका–३, दुहवी–९, दुहवी–१२ लगायतका वडाहरुमा बुधबार चौधरीले बाढीले पुर्याएको क्षतिको निरीक्षण समेत गर्दै पिडित परिवारलाई राहत वितरण गर्नुभएको थियो ।


‘सुनसरी क्षेत्र नं. ३ प्रायः हरेक वर्षजसो डुवानमा पर्ने गर्छ । यसपल्ट आएको बेमौसमी वर्षाले चाडवाड नै खल्लो बनाइदियो ।’ आफ्नो क्षेत्रका जनता डुवानमा परेको खबर पाउने वित्तिकै निरीक्षण र राहत वितरणमा लागेको भगवती चौधरीले बताउनुभयो । दुहवी–इनरुवा सडक खण्ड नै डुवानमा परेको बेला नेतृ चौधरी जोखिम मोलेर गाडी लिएर बाढी पीडितलाई राहत वितरण गर्दै हुनुहुन्थ्यो ।

चौधरीका अनुसार बाढीले बर्जु, गढी, सोनापुर, खनार, दुहवी लगायतका क्षेत्रमा किसानले लगाएको सयौं हेक्टरको धानबाली नष्ट भएको छ । खेतमा पाकेको धान दसैं सकिएपछि भित्र्याउने तयारीमा रहेका सयौं किसानको धानबाली नष्ट भएपछि अब उनीहरुलाई वर्षभरी कसरी परिवार पाल्ने चिन्ता थपिएको छ । ‘खेती किसानी गरेर जिविकोपार्जन गर्ने किसानहरुलाई अब वर्षभरी कसरी परिवार पाल्ने चिन्ता थपिएको छ । सरकारले तत्कालै राहतको व्यवस्था गरोस् ।’ चौधरीले भन्नुभयो ।

स्थानीय, प्रदेश र केन्द्र सरकारले तत्कालै उद्दार तथा राहत व्यवस्थापनका कार्य अगाडी बढाउनु पर्ने बताउँदै चौधरीले विगतमा आएका प्रकोपहरुमा स्थानीय तहमा राहत वितरण गर्दा राजनीतिकरण भएको पाइएकोले जनताको जिउधन जोगाउन गरिने कुनैपनि कार्यमा राजनीतिकरण गर्न नहुने सुझाइन् । ‘जनताको जिउधन भन्दा ठूलो केही हैन, यस्ता विपत्तिहरुमा राजनीतिकरण गरिनु मानवता हैन । सबैले समान रुपमा राहत पाउनु पर्छ ।’ विगतमा कोभिड–१९ को बेला, त्यसअघिको बाढी पहिरोको प्रकोपसँगै स्थानीय स्तरमा जनताका कुनैपनि दुखःपिडामा नेतृ चौधरीले दिल खोलेर सहयोग गर्दै आउनुभएको छ ।

दुहवीका स्थानीय खोलाहरुमा आएको बाढीले दुहवी १, २, ३, ८, ९, १०, ११, १२ वडाहरु जलमग्न भएका छन् भने, स्थानीयको घरभित्र समेत पानी पसेको छ । बुधबार मात्रै दुहवी–इनरुवा सडक खण्ड भत्काएर पानीको निकास दिइएको भएपनि पूर्णरुपमा पानीको निकास भइसकेको छैन । बाढीले दुहवी स्थित नेपाल विद्युत प्राधिकरणको स्टेशन डुवानमा पर्दा पूर्वाञ्चल नै मंगलबारदेखि अन्धकारमा छ । नेतृ चौधरीको राहत वितरणलाई बर्जु –६ का वडाध्यक्ष बिनोदकुमार चौधरीले साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]