बैंकिङ खबर । नेशनल माईक्रोफान्स लघुवित्त वित्तिय संस्था लि. शाखा कायालय सुडा कञ्चनपुर र सेवाकेन्द्र दोधारा चांदनी ले संस्थामा आवद्ध बाढी पीडित सदस्यहरुलाई एक कार्यक्रमबीच राहत साम्रगी हस्तारण गरेको छ ।

असोज ३१ र कार्तिक १ र २ परेको वर्षा वाट महाकाली नदीको तटिय क्षेत्रमा वसोवास गर्ने संस्थामा आवद्ध सदस्य हरु लाई वाढी घरमा पसी भएको क्षति को आधारमा छनौट गरी दोधारा चांदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्ती का ३१ घरधुरी लाई राहत साम्रगी हस्तारण गरीएको छ ।दोधारा चांदनीको ७ न.बजार मा अवस्थित अम्विका उच्च माध्यमिक विधालयको प्रागंडमा स्थानिय सामाजसेवी, पत्रकार तथा नेपाल प्रहरी, शसस्त्र प्रहरी वल नेपालको सहयोगमा राहत वितरण गरिएको थियो ।

भिमदत्त नगरपालिका पिपरैयामा संस्थाका प्र्र्रतिनिधि र स्थानिय समाजसेवीको सहयोगमा राहत रकम वितरण गरिएको छ । नेपाल राष्ट्र बैक वाट मान्यता प्राप्त यो संस्था नेपालका विभिन्न स्थानमा १०० वटा शाखा कार्यालय माफ्त सेवा लघुवित्त सेवा प्रदान गरीरहेको यो संस्था भिमदत्त, वेदकोट, झलारी तथा दोधारा चांदनी नगरपालिका मा आप्नो कार्यक्षेत्र बनाई विगत ६ वर्षदेखि यस क्षेत्रमा बैकिङ्ग सेवा सञ्चालिन गरी कर्जा सेवा,बचत सेवा, विमा सेवा तथा अन्य विविध प्रकारका सेवाहरु निरन्तर प्रदान गदै आईरहेको छ ।

नेपालका प्रतिष्ठित ७ बटा बैक तथा देशका पुभुत्त व्यत्तीहरु द्धारा सन्चालीत यस वित्तिय संस्थाले स्थापनाको ८ वर्षमै आप्नो विशिष्ट पहिचान वनाउन सफल भएको छ ।
नेशनल माईक्रोफाइनान्स वित्तिय संस्था लि.का सहायक जनक राज पन्त का अनुसार संस्था ले असोज ३१ र कार्तिक १ र २ वाढी घरमा पसी भएको क्षति को आधारमा छनौट गरी दोधारा चांदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्ती का ३१ घरधुरीलाई राहत स्वरुप चामल, तेल, नुन दाल गरी रु १,८०,००० बराबरको साम्रगी हस्तारण गरिएको हो । स्थापना कालदेखि नै संस्था आवद्ध दुई छाक खान समस्या परेका सदस्यहरुलाई निरन्तर रुपमा सक्दो सहयोग गरिँदै आएको जनाइएको छ ।

राष्ट्रिय कार्यक्षेत्र भएको भएको नेपाल राष्ट्र बैकद्घारा स्वकिृत प्राप्त (घ) वर्गको नेशनल लघुवित्त ले आप्ना सदस्य हरुको संरक्षण मा ग्राहक संरक्षण कोष अन्र्तगत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म स्थापनाको छोटो अवधिमै शाखा सञ्जाल विस्तार गरी ग्राहक सदस्यको मन जित्न सफल भएको छ ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.