लघुवित्त न्युज । दोधारा चांदनी नगरपालिका वडा नं. १० कूतियाकबर गांउमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. दोधारा चांदनी शाखा कार्यालय द्धारा आयोजित बाढी पीडित राहत वितरण कार्यक्रममा वडाअध्यक्ष श्री नर बहादूर सूनार ज्युले १३ जना वाढीपीडित लाई रु. ५२००। अक्षेरुपी बाउन्न हजार र आर्थिक सहयोग स्वरुप राहत वितरण गर्नुभयो ।

उक्त राहत वितरण कार्यक्रममा दोधारा चांदनी नगरपालिका प्रबक्ता एवम् वडा नं. ०६ का वडाअध्यक्ष दिल बहादुर सिंजाली, वडा नं. ०३ का वडाअध्यक्ष पुस्कर जोशी, वडा नं. ०४ का वडाअध्यक्ष भक्त बहादुर सुनार कार्यपालिका सदस्य बिरमा बुढाथोकी, उर्मिला सुनार र नन्दलाल सुनार, सुरक्ष निकाय लगायत यस सस्थांद्धारा संचालीत कूतियाकबर केन्द्रका सदस्य अभिभावक, स्थानीय भद्रजन तथा बुद्धिजिवीहरुको जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा नं. १० का वडाअध्यक्ष श्री नर बहादूर सूनारले गर्नु भएको थियो ।

वडाअध्यक्ष श्री नर बहादूर सूनारले राहत वितरण गर्ने क्रममा संस्थाले बाढीपीडित भई अप्ठारोमा परेका जनतालाई संस्थाले गरेको आर्थिक राहत बाट ठुलो सहयोग पुगेको बताउनु भयो साथै ग्रामिण क्षेत्रका लक्षित वर्गसम्म प्रभावकारीरुपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरी विपन्न लाई आत्मनिर्भर बनाई लघुउद्यमी र साना उद्यमीमा परिणत गर्न सहयोग पुरयाई रहेकोमा धन्यवाद ब्यक्त गर्र्नु भएको थियो ।

 

कार्यक्रममा संस्थाका शाखा प्रमुख श्री जीत नारायण चौधरीले यस शाखाबाट बेमौसमी बाढीले दोधारा चांदनी नगरपालिका वडा नं. ८, ९ र १० मा १५ वटा समुहका २७३ जना प्रभावित भएकोले पूर्णरुपमा छतिलाई रु.४०००। र आशिंक छतिलाई रु.२०००। गरी कुल रु. ६,१४,०००। राहत बाडने कार्यक्रम रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत श्री निरज आचार्यले संस्थाले विगत २९ वर्ष देखि देश का ७७ वटै जिल्लामा १८१ वटा शाखा संचालन गरेर वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको र यस शाखाले १२२ वटा केन्द्र गठन गरेर करीब २५०० जना सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा पुरयाई रहेको बताउनु भएको थियो । यसका साथै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग लगायतका सुबिधा दिदैं आएको बताउनुभयो । समुह सदस्य तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण दिब्यश्वर अवस्थीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]