लघुवित्त न्युज। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दैछ।

यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३ पुसमा पाँचौं साधारणसभा आह्वान गरेको छ। सभा बन्दिपुर माउन्टेन रिसोर्ट बन्दिपुरमा बिहान ११ बजे सुरू हुनेछ।

सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३१ दशमलव ०५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।

अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने लगायतका विषयमा छलफल हुनेछ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.