लघुवित्त न्युज । साधना लघुवित्त वित्तिय संस्था लि.ले प्रदेश नं १ र २ मा रहेका आफ्ना शाखा कार्यालयहरुका सहायक कर्मचारीहरुलाई २ चरण गरी ‘बिजनेश प्रमोशन एण्ड क्यापसिटी विल्डिङ ट्रेनिङ’ सम्पन्न गरेको छ । प्रथम चरण अन्तर्गत यही मंसिर १० र ११ गते बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका शाखा कार्यालयको कर्मचारीहरुलाई चन्दनिगाहपुरस्थित होटल अशोकामा र दोस्रो चरण अन्तर्गत मंसिर १७ र १८ मा महोतरी, धनुषा, सिराहा, सप्तरी र सुनसरी जिल्लामा अवस्थित शाखा कार्यालयहरुमा कार्यरत फिल्ड कर्मचारी र शाखा प्रमुखहरुलाई वर्दिबासस्थित होटल नमोबुद्धमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा कर्मचारीहरुको क्षमता अभिबृद्धि, फिल्डमा हाल देखिएका समस्या तथा सामाधानको उपायहरु, व्यवसाय प्रवद्र्धन गर्ने साथै लेखासँग सम्बन्धित अन्य बिषयहरुमा संस्थाको केन्द्रीय कार्यालयबाट नायब महाप्रवन्धक सिताराम पण्डित, सहायक महाप्रबन्धक सरिता ढकाल र लेखा तथा योजना विभागका विभागीय प्रमुख रुपेश झाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

संस्थाले हालसम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयमार्फत संस्थाको पहुँच ३१ वटा जिल्लाका ८६ हजारभन्दा वढी विपन्न परिवारमा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ४ अरब ४० करोड र बचत रु. १ अरबभन्दा वढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.