लघुवित्त न्युज । सूर्योदय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा १६ पुसमा बोलाएको छ। संस्थाले लाभांश प्रस्ताव पारित गर्न सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा सभा आह्वान गरेको हो।

सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहलगायत विषयमा छलफल गर्ने एजेन्डा पनि रहेको छ। सभामा सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज गरिने प्रस्ताव पनि पेश हुनेछ। वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुनेछन्।

प्रबन्धपत्र संशोधन गर्नेलगायत एजेन्डा पनि छन्। नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त आपसमा मर्ज हुन सैद्धान्तिक सहमति पनि दिइसकेको छ। यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ। यसअघि दुबै कम्पनीबीच १५ भदौमा मर्ज हुने सम्झौता भएको थियो।

...
कर्णाली क्षेत्रमा वित्तीय साक्षरताकाे धेरै महत्व छ : प्रकाशराज शर्मा

लघुवित्त न्युज । कर्णाली प्रदेशमा पहिलोपटक वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम आज (बिहीबार)देखि शुरु हुँदैछ । कर्णाली प्रदेशमा साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रममा प्रदेशको विकास, उद्यमशीलता अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी गरिने छ । विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेष गरि साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा […]