लघुवित्त न्युज । छिमेक लघुवित्तले २३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तले मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे २० औं वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेस हुनेछ। यस्तै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ।

त्यसैगरी, अन्य वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतको एजेण्डा छ।

सभा प्रयोजनार्थ लघुवित्तले ९ पुसदेखि २३ पुससम्म बुक क्लोज गरेको छ। यसर्थ, नेप्सेमा ८ पुससम्म कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.