लघुवित्त न्युज । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि।ले आफ्ना विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरुसहितको व्यवसाय प्रवर्द्धन तालिम तथा समीक्षा गोष्ठी कार्यक्रम काभ्रेको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न गरेको छ । मंसिर २५ र २६ गते आयोजना भएको कार्यक्रममा संस्थाका कार्यकारी तहसहित विभागीय प्रमुखहरु, क्षेत्रीय कार्यालय प्रमुखहरु एवम् ब्लक स्टेशन प्रमुखहरुसहितको कार्यक्रम भएको हो।

कार्यक्रममा अनुगमन प्रमुखहरुले आफूले गरेका कार्यहरुको समीक्षा गरेका थिए भने विभागीय प्रमुखहरुले विभागीय योजनाहरु प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र बैंकले गरेका निर्देशनहरुको पूर्णपरिपालना गर्ने सम्बन्धमा, तथा हालै वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको बेलामा आवश्यक योजना, गुणस्तरीय लगानी तथा निष्क्रिय कर्जा सुधारको लागि आगामी रणनीतक योजनाहरु तय गरिएको हो।

अनुगमन अधिकृतहरुलाई कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले सहजिकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]