लघुवित्त न्युज । समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो।

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणतर्फको हुनेगरी सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पेस छ। अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल हुने लगायतका एजेण्डा छन्। त्यस्तै, संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेपलाञ्चोकमा स्थान्तरण गर्ने प्रस्ताव पनि छ ।

कम्पनीले सभा प्रयोजनार्थ २४ मंसिरदेखि ७ पुससम्म बुक क्लोज गरेको छ। यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश पाउनेछन्। समता र घरेलु लघुवित्त मर्जर भएर २ वैशाखदेखि एकीकृत कारोबार भएका कारण घोषित लाभांश रकममा कर छुट हुने कम्पनीले जनाएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]