लघुवित्त न्युज । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले Readers to Riders a Transformation Journey प्रदेश स्तरीय व्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा शाखा प्रबन्धक लगायत विभिन्न प्रदेश तथा उपप्रदेशका विभिन्न कर्मचारीहरुलाई तालिम तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । लघुवित्तले मंसिर २८ गते सदूरपश्चिम प्रदेश, २९ गते गण्डकी र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा सम्पन्न गरेको छ ।

सम्मेलनमा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चाालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समिति संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीहरुको प्रशिक्षण साथै सम्बन्धित प्रदेश प्रमुखहरु, प्रदेश उपप्रमुखहरु, कर्जा असुली प्रमुखहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । १ दिने उक्त सम्मेलनहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनीति, ग्राहक छनोटमा ध्यान दिनुपर्ने, अनुशासन, नेतृत्वकर्तामा हुनुपर्ने गुण, लेखा परीक्षणको महत्व तथा प्रभावकारिता, ग्राहक सदस्यता फारमको (केवाइसी) महत्व, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता विकास साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक निति, नियम तथा निर्णयका बारेमा छलफल भएको थियो ।

सम्मेलनहरुमा संस्थाका अध्यक्ष कपिल ढकालले कर्मचारी वर्गले हाल सम्म गरेको कामहरुले नै संस्थाले विभिन्न परिसुचकमा नं १ बन्ने छलाङ् मार्न सफल भएको बताउँदै, कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राही वर्गमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्तकर्मीको काँधमा रहेको बताउँदै अगामी दिनमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा लघुवित्तका सञ्चालक समितिका सदस्य तथा जोखिम ब्यवस्थापन समिति संयोजक प्रकाश बरालले दिर्घकालिन ब्यवसाय वृद्धिको लागि सबैजना अनुशाशित, मेहेनती तथा दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिदै लघुवित्त क्षेत्रमा देखिएका विभिन्न संचालन तथा कर्जा जोखीममो बारेमा सहभागीहरुलाई थप जानकारी दिँदै यस्ता जोखीमहरु न्युनीकरण गर्न चाल्नु पर्ने अल्पकालीन तथा दिर्घकाली रणनीतिहरुबारेमा प्रशिक्षित गराएका थिए ।

साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले लघुवित्त क्षेत्रमा बढ्दै गएको विभिन्न समस्या तथा चुनौतिहरुको चर्चा गर्दै कर्जा लगानी तथा कर्जा असुलीमा देखा परेका चुनैतीहरुको कसरी सामना गर्ने तथा सो लााई उचित ब्यवस्थापन गरी लघुवित्त क्षेत्रमा संस्थालाई कसरी सबैभन्दा उष्कृष्ट संस्थाको रुपमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई कसरी देशकै सबैभन्दा ठुलो, सक्षम, सबल तथा सदस्यहरुमाझ लोकप्रिय बनाउने भन्नेमा सहभागिहरुलाई प्रशिक्षित गराएका थिए ।

साथै उनले हालसम्म सम्पुर्ण कर्मचारीहले गरेको अथक योगदान तथा मेहेनतको कदर गर्दै छोटो समयमै संस्थालाई स्थापित गरी देशकै अग्रणी लघुवित्त वित्तीय सस्थाको रुपमा स्थापित गर्न सहयोग गरेकोमा धन्यवाद दिँदै आभारी पनि प्रकट गरेका थिए । साथै स्थापनाको छोटो अवधिमै आफुलाई राष्ट्रिय स्तरको अबल लघुवित्तको रुपमा स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.