निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेइसौं वार्षिक साधारण सभा आइतबार नक्साल, स्थित सभाहलमा भर्चुअल माध्यमबाट सम्पन्न भयो । संस्थाका संचालक समितिका अध्यक्ष शरदनिधि तिवारीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष तिवारीले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

वार्षिक साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको मिति २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु. १ अर्ब ६९ करोड ५० लाख को १.५५२६३१५७८७६१०६ प्रतिशतले हुन आउने रकम रु.२ करोड ६३ लाख १७ हजार १०५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०७८/७९ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई लेखापरीक्षक नियुक्त गरेको थियो ।

त्यसैगरी विशेष प्रस्ताव तर्फ संचालक समितिबाट सिफारिस तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७७/७८ सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पूँजीको २९.५ प्रतिशतले हुन आउने रु. ५० करोड २५ हजार बराबरको बोनस शेयर जारी गर्ने, संस्थाको अधिकृत पूँजी रु.२ अर्ब ५० करोडलाई बृद्धि गरि रु.३ अर्ब पुर्याउने, संस्थाको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि प्रस्तावित बोनस शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सो मा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको वार्षिक प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृतनाथ रेग्मी, प्रा.डा. फत्त बहादुर के.सी., रामबहादुर यादव, प्रकाशराज शर्मा र दामोदरप्रसाद रेग्मीले साधारण सभामा आफ्नो राय सुझाव पेश गरेका थिए । साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफ्नो मन्तव्य दिएका थिए। वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]