लघुवित्त न्युज।काभ्रेको धुलिखेलमा प्रधान कार्यालय भएको नयाँ सारथी लघुवित्त बित्तिय संस्थाको पर्सागढी न पा वार्ड नं ३ बढनिहारमा अवस्थित शाखा कार्यालयको आयोजनामा आफ्ना ग्राहक सदस्यहरुको लागि ब्यवसायिक सिपमुलक च्याउखेती सम्बन्धी २ दिने तालिम जितपुर सिमरा उपमहानगरपालिका सिमरामा माघ १५ र १६ गते सम्पन्न गरेको छ।

सिप सिकाई महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ सारथी लघुवित्त बित्तिय संस्थाले संचालन गरेको व्यवसायिक सिपमुलक च्याउखेती सम्बन्धी २ दिने तालिम आइतबार सम्पन्न भएको हो। बित्तिय संस्थाले ग्राहक महिला सदस्यहरुलाई आर्थिकरुपमा सक्षम बनाउन र नगदे खेतीको रुपमा रहेको च्याउखेती गरि अर्थोपार्जन होस् भन्ने उद्देश्यले तालिम प्रदान गरेको हो।

जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं १ र २ मा अवस्थित ४ वटा सारथी महिला केन्द्रका ५५ जना महिलाहरुले भाग लिएको उक्त सिपमुलक तालिममा प्रशिक्षक राजु पासवानले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको संचालन र सहजीकरण संस्थाका केन्द्रिय कार्यालय प्रतिनिधि वरिष्ट अधिकृत सुमन घिमिरेले गरेका थिए।

कार्यक्रमको समापन अघि प्रगति सारथी महिला केन्द्रकी अध्यक्ष राधिकाकुमारी श्रेष्ठले यस्ता खालको सिपमुलक तालिमले महिलालाई आत्मविस्वास बढ्नुका साथै सिकेको सिप अनुसार ब्यवसायिकरुपमा च्याउ उत्पादन गरि सिमरा तथा वीरगंज क्षेत्रको बढ्दो च्याउको मागलाई थोरै भएपनि आपूर्ति गर्न सके आर्थिकरुपमा सवल र सक्षम हुने अवसर रहेको बताइन् । साथै उनले तालिम सँगसँगै ब्यवसाय स्थापना गर्न संस्थाले थप लगानीसमेत गर्नुपर्ने माग गरिन्।

बित्तिय संस्थाहरुले कर्जा लगानी तथा असुली मात्र नभई बेला बेलामा यस्ता सिपमुलक तालिम दिई महिलाहरुलाई सशक्तिकरण गर्नु धेरै नै राम्रो कुरा रहेको र त्यसका लागि यस नयाँ सारथी लघुवित्त बित्तिय संस्थालाई धन्यवाद दिंदै सुनौलो सारथी महिला केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले खुसी ब्यक्त गरिन्। कार्यक्रमको समापन गर्दै आगामी दिनमा पनि यस्ता ब्यवसायिक तथा सिपमुलक तालिम प्रदान गर्दै आफ्ना ग्राहक सदस्यहरुलाई सीपयुक्त बनाइ आर्थिकरुपमा आत्मनिर्भर बनाउने कुरामा संस्था प्रतिबद्ध रहेको उक्त संस्थाका वरिष्ट अधिकृत सुमन घिमिरेले बताए।

 

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.