लघुवित्त न्युज।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापीरुपमै पुरस्कृत गरेको छ ।

संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागी भई उत्तीर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यूनतम ३ जिपिए वा सो भन्दा बढी जिपिए ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो।

संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरेको थियो। त्यसको आधारमा शाखागतरुपमा बढि जिपिए ल्याई प्रथम, द्वितीय र तृतीय हुनेलाई र संकलित विवरणकै आधारमा देशव्यापीरुपमा पुनः प्रथम, द्वितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको छ।

त्यसै अनुरुप शाखा कार्यालय गोकुलेश्वर, डडेल्धुराकी सेवाग्राही सदस्य मानमति वडका छोरा सन्तोष वडले संस्थालाई विभिन्न शाखा कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा देशव्यापी ३.७५ जिपिए ल्याई प्रथम भएकाले एक कार्यक्रमको आयोजना गरि प्रथम पुरस्कारस्वरुप नगद रु. १७,५०० वितरण गरेको हो ।

त्यस्तै संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुर ज्यामेरु, बैतडीको पाटन र मोरङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । यसरी संस्थाले देशभरी नै एकै साथ कार्यक्रम आयोजना गरि छनोटमा पर्न सफल विभिन्न शाखा कार्यालयका सेवाग्राही सदस्यका छोराछोरीहरुलाई पुरस्कार वितरण गरेको हो।

शाखा कार्यालय गोकुलेश्वर, डडेल्धुरा शाखा प्रमुख दिपकराज भट्टले दिगो विकासको लक्ष्य २०१६ देखि २०३० मा पर्ने गुणस्तरीय शिक्षाको लक्ष्यलाई प्रष्ट पार्दै एनआईसी एशिया लघुवित्तले प्रत्यक्षरुपमा सो लक्ष्य प्राप्तीका लागि काम गरिरहेको र संस्थामा आबद्ध सेवाग्राही सदस्यका छोराछोरीले यसरी प्रगती गर्दा संस्थाले लगानी गरेका कर्जाले समेत गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग गरेको प्रमाण प्रष्ट देखिएको बताएका छन्।

स्वच्छ प्रतिस्प्रर्धासँगै गुणस्तरीय सेवा प्रदान गरेकाले नै संस्थामा आबद्ध सदस्यका छोराछोरीले राम्रो शिक्षा पाएको प्रष्ट्याउँदै वितरण गरिएको नगद राशीले समेत आगामी दिनमा गुणस्तरिय शिक्षा हासिल गर्न सहयोग मिल्ने बताए । त्यस्तै, वितरण कार्यक्रममा सहभागीहरुले संस्थाले उदाहरणीय कार्य गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.