लघुवित्त न्युज । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवालाई ब्यवस्थित गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवालाई ब्यवस्थित बनाइने जनाएको छ । निर्देशनमा बैंक तथा वित्तीय संस्थाले संस्था स्वयंम वा संस्थाद्वारा नियुक्त ब्यवसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनु पर्ने छ। आफ्नो संस्थामा खाता भएका ग्राहकलाई संस्था आफैँ वा संस्थाद्वार नुक्त एजेण्टको सहायताले ‘पोइन्ट अफ ट्रान्जेक्सन’ मेसिनको माध्यमबाट कार्ड प्रयोग गरी महानगररउपमहानगरपालिकाबाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न सक्ने छन्।

उनीहरुबाट खातामा नगद जम्मा गर्ने, भुक्तानी गर्ने र रकमान्तर गर्ने सेवा उपलब्ध हुने छ। बैंक स्टेटमेनंट लिन पाउने छन् भने स्वीकृत कर्जाको भुक्तानी पनि त्यहाँबाट हुने छ। शाखारहित बैंकिङ सेवा बन्द गर्नु परे राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.