लघुवित्त न्युज । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूत पूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनिविन्टर अफर ल्याएको छ ।

हाल देशभरी व्याप्त कोभिडमहामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ) तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि Free Demat र Mero Share सुविधा सहितको विन्टर अफर योजना ल्याएको छ ।

यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । करिब ६ महिनापछि प्राथमिक शेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपाल भित्र वा नेपाल बाहिर जहाँकही रहनुहुने सबै ग्राहकहरुले आफू, आफ्नो परिवार एवं आफन्त तथा साथीभाईहरु सबैले सहजै यस योजनामा अनलाईनबाटै Free Demat खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सक्नुहुनेछ भन्ने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको हो ।

प्रभु क्यापिटलको विन्टर अफर विशेषताहरुः

यस योजनामा देश वा विदेशमा रहनुहुने नेपालीहरुले मोबाइलएप(एप हाल गुग लप्लेस्टोरमा मात्र उपलब्ध छ)बाटै भिडियो केवाइसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नुहुनेछ । यसका साथै वेव साइटबाट समेत भिडियो केवाइसिसहितको डिम्याट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

  •  यो योजनामा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गरिनेछ ।
  • डिम्याट खाता तथा लगानी व्यवस्थापन सम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।
  • यो योजना २०७८ माघ १८ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds