पर्यटकीय स्थल लमजुङको सुन्दरबजार नगरपालिका वाड नं ११ स्थित तुर्लङकोटमा चिटिक्क परेको बारदलीसहितको एउटा घर र घर अगाडि धान कुट्ने मेसीन छ ।

यो घर अरु कसैको नभई पुष्पा दुराको हो । उनी अहिले आफ्नो परिवारसहित व्यवसायीक रुपमा बंगुरपालन र धान कुट्ने मेसिन संचालन गरेर बसेकी छन् ।

उनले मासिक रुपमा मनग्य आम्दानी पनि गछिन् तर हिजोका दिन सम्झेर उनी आँखाभरी आँशु देखाउँदै भन्छिन्, ‘मलाई हिजोको कष्टपुर्ण अवस्थाबाट आज यो अवस्थामा आउनमा ग्लोबल आईएमई लघुवित्त र यसमा कार्यरत कर्मचारीको ठुलो हात छ ।’

मिति २०५० साल असोज महिनाको ७ गते मध्य नेपाल ९ लमजुङमा बुबा रामसुब्बा दुरा र आमा सुनमाया दुराको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मभएकी पुष्पाले कक्षा ६ सम्म मात्र औपचारिक शिक्षा पाएकी छिन् ।

सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी पुष्पा दुराको सुरुवाती पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर थियो, जसोतसो गुजरा त चल्थ्यो तर उनलाई भविश्यको चिन्ताले सताउन थाल्यो । भविष्यलाई उज्यालो बनाउन त यसै हात बाँधेर त हुँदैन भनेर उनको परीवारमा छलफल चल्यो । हातमा सीप अनि शिक्षा नभएकाले सजिलै काम पाउने कुरै थिएन । वरिपरी छरछिमेक साथी भाई र आफन्तबाट सहयोग माग्दा नपाएको कुरा भावुक हुँदै उनी सम्झन्छिन् ।
धनसम्पती बिना यो संसारमा बाँच्न कति गाह्रो छ । पैसा नहुँदा नाता गोता, साथीसंगी कोही काम नलाग्ने रहेछ । मनमा चिन्तासँगै केही गरौं भन्ने इच्छा भने उनको मनमा रहिरह्यो ।

‘चोखो मनले चिताएको कुरा भगवानले पुर्याउँछन्’ भनेझैँ भयो पुष्पाको जीवनमा पनि । २०७१ साल चैत महिनाको एक दिन छिमेकी दिदीले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बारेमा सुनाइन् । व्यवसाय गर्न कर्जा पाउने र किस्ता किस्तामा तिर्न मिल्ने कुरा सुनेपछि पुष्पा निकै खुशी भइन् ।

नजिकैका दिदिबहिनी मिलेर संस्थाको चन्द्रेश्वर शाखाको सदस्य हुने निर्णय गरे र केहीदिनको समुह पूर्व तालिमपश्चात सदस्यता लिएर पहिलो पटक रु ४०, ००० कर्जा लिई बंगुरपालन सुरु गरिन् ।
बंगुरपालनमा आम्दानी राम्रो भएपछि काममा हौसला बढ्यो र पुनः दोस्रो पटक कर्जा लिएर सोही ब्यबसायमा लगाइन् ।
दुवै पटकको कर्जाबाट राम्रो आम्दानी भएपछि झन् व्यवसायप्रतिको जाँगर बढ्यो अनि व्यवसाय विविधिकरण गर्ने उद्देश्यले तेस्रो पटकमा रु.२,००,००० कर्जा लिएर धान कुट्ने मेसिन लिई श्रीमानलाई सोही ब्यवसायामा लगाइन् ।

दुवै व्यवसायबाट फाइदा भएपछि चौथो पटक कर्जा रु ७,००,००० लिएर बंगुरपालन ब्यवसायालाई अझ बढाइन् । हाल उनको घर नजिकै ५ रोपनीजग्गामा साना ठुला गरी ३५ बटा बंगुर छन् । विगत ७ वर्षदेखि पटक–पटक गरी ८ पटक कर्जा लिएर ब्यवसायमा कर्जाको सदुपयोग गरी अहिले यो अवस्थासम्म ल्याउन सफल भएकी छन् ।
मेरो परिश्रम देखेर मलाई आवश्यक परेको बखत कर्जा दिएर ग्लोबल आइएमईले यो व्यवसायको मालिकबनाउन ठुलो सहयोग गरेको छ भनी उनी खुसी छिन् भने ‘छोरालाई समेत काठमाडौंको राम्रो विद्यालयमा पढाउन पाएकाले वित्तीय संस्थाले लगाएको गुन म कहिल्यै बिर्सने छैन’ उनी भन्छिन् ।

उनी आफुमात्र उद्यमी भएकी छैनन् श्रीमानलाई समेत रोजगारी बनाउन धान कुट्ने मेसिन राख्न पाएकोमा अहिले मुहारमा खुशीको छाएको छ ।

हामीलाई ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले विपन्नबाट सम्पन्न बनाउन ठुलो सहयोग गरेको छ । उनको श्रीमान समेत दंग परेका छन् ।

हाल परिवारका सबै सदस्य मिलेर ब्यवसाय गरिरहेको र मासिक आम्दानी रु. ६०, ००० देखि ७०, ००० हुने गरेको जानकारी गराँउदै भर्खरै घर नजिकै एउट फर्निचर पनि खोलेको र त्यसमा करिब ४ जनालाई रोजगारी समेत दिइएको कुरा समेत उनले बताए ।

साथै, यो सफलतामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ठुलो सहयोग गरेकोले हृदयदेखि नै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र त्यसमाकार्यरत कर्मचारीहरुलाई धन्यवाद दिँदै संस्थालाई कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गर्दछन् ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.