लघुवित्त संस्थाको लाभांश दर घटेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीमध्ये ४२ वटाले लाभांश घोषणा गरिसकेका छन् । सोमध्ये ४१ वटाले साधारणसभाबाट पारित गरिसकेका छन् भने किसान लघुवित्तले साधारणसभा गर्न बाँकी छ ।

सूचीकृतमध्ये ८ वटाले लाभांश घोषणा गरेका छैनन् । आरम्भ चौतारी, घोडीघोडा, गरिमा विकास, जीवन विकास, मानुषी, नयाँ सारथी, सामुदायिक र विन नेपाल लघुवित्तले कुनै लाभांश प्रस्ताव गरेका छैनन् ।
यी मध्ये जीवन विकास लघुवित्त र मानुषी लघुवित्त संस्था आइपीओ निष्कासन गरी भर्खरै नेप्सेमा सूचीकृत भएका छन् ।

गत पुस १० गते छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको घोडीघोडा लघुवित्त आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमाससम्ममा १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा छ ।
आर्थिक वर्ष २०७६/७७ का लागि ८.५ प्रतिशत बोनस वितरण गरेको आरम्भ चौतारी र ८.१२ प्रतिशत बोनससहित ०.४२७४ प्रतिशत नगद लाभांश वितरण गरेको नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्षको लागि भने कुनै लाभांश प्रस्ताव गरेको छैन ।
प्रथम पटक आर्थिक वर्ष २०७५/७६ का लागि कायम पुँजीको ३२ प्रतिशत बोनस र १.६८ प्रतिशत नगद लाभांश सेयरधनीहरु माझ वितरण गरेको सामुदायिक लघुवित्तले त्यसपछि कुनै प्रतिफल दिएको छैन । कम्पनीको आठौं वार्षिक साधारणसभा भने पुस २९ गते सम्पन्न भएको हो ।

भर्खरै नेपाल सेवा लघुवित्तलाई ७५ रुपैयाँमा गाभेको विन नेपाल लघुवित्तले लाभांश प्रस्ताव गरेको छैन भने साधारणसभाको मिति टुंग्याएको छैन । औसतमा लघुवित्तहरुले झन्डै २५ प्रतिशत लाभांश प्रस्ताव गरेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट महिला लघुवित्तले सेयरधनीलाई सर्वाधिक प्रतिफल वितरण गरेको छ । दोस्रो बजारमा कुनै समय पाँच हजार रुपैयाँमा खरिद बिक्री भएको यस संस्थाले लगानीकर्तालाई ४७.५ बोनस र २.५ नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको छ ।

सोही अवधिका लागि सबैभन्दा कम लाभांश एनआइसी एसिया लघुवित्तले घोषणा गरेको हो । लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.