लघुवित्त न्युज । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको छ।  कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर बुधबार बाँडफाँड गरेको हो।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ। त्यस अनुसार कम्पनीको आइपिओमा आवेदन गर्ने योग्य आवेदक मध्ये ५१ हजार ६३० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११-११ कित्ता हात पारेको कम्पनीले जनाएको छ।

सेयर खरिदका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए ।जसमध्ये २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो। बाँकी योग्य लगानीकर्ताहरुलाई गोलाप्रथामा सामेल गराइएको थियो ।जस मध्येबाट ५१ हजार ६ सय ३८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन्। बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खाली भएको छ।

कम्पनीले गत माघ २६गतेदेखि फागुन १ गतेसम्म  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङ्गको मेरो शेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login, सीडीएसले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/, इमर्जिङ्ग नेपाल कम्पनीको वेवसाइट https://emergingnep.com/ र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेवसाइट https://www.nicasiacapital.com/ipo-result बाट हेर्न हेर्न सकिन्छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds