लघुवित्त न्युज । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले  ३ पदमा कर्मचारी माग गरेको छ । संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना गरी ३ जना कर्मचारी करार सेवामा  माग गरेको  छ।

संस्थाका अनुसार उक्त पद २०७९ असार मसान्तसम्म कायम रहनेछ । सम्झौता अवधि कायम रहेसम्म लागू हुने गरी २० लाख दुर्घटना बीमा र १ लाख स्वास्थ्य बीमा हुने संस्थाले जनाएको छ ।

नविकरणीय उर्जा र परियोजना संयोजनका लागि शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी हुनुपर्नेछ र फिल्ड प्रशिक्षकको लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त र सहकारी क्षेत्रमा अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले  सूचना प्रकाशित भएको मिति (फागुन ४ गते) ले ७ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय काठमाडौं र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.