लघुवित्त न्युज । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ जना कर्मचारीको माग गरेको छ । लघुवित्तले नायब महाप्रबन्धक १ जना, सहायक महाप्रबन्धक १ जना, बरिष्ठ प्रबन्ध १ जना, बरिष्ठ अधिकृत १ जना र कानुन अधिकृतमा १ जना गरी जम्मा ५ जना कर्मचारीको माग गरेको हो ।

नायब महाप्रबन्धक र सहायक महाप्रबन्धक पदको लागि स्नाकोत्तर तह उत्तिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय तहमा कार्यानुभव भएको हुनुपर्नेछ । वरिष्ठ प्रबन्धक र बरिष्ठ अधिकृत पदकोे लागि स्नातक तह उत्तिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय तहमा कार्यानुभव भएको हुनुपर्नेछ । त्यस्तै कानुन अधिकृत पदको लागि कानुन विषयमा स्नातक तह उत्तिर्ण गरी बैंक तथा वित्तिय संस्थामा कार्यानुभव भएको र कम्प्युटरमा दक्ष भएको हुनुपर्नेछ ।

प्रबन्धक श्रेणीको आवेदकहरुको उमेरको हद ३० वर्ष पुरा भई ४५ वर्ष, अधिकृत श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला आवेदकहरुको हकमा माथिल्लो उमेरको हदमा ५ बर्ष थप हुने कुरा संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको १५ दिन भित्रमा हस्तलिखित निबेदन, बायोडाटा, अन्य आवश्यक कागजपत्र समेत समावेस गरी आवेदन दिन आह्वान गरिएको छ । आवेदन गर्दा vacancyhr@nmbmicrofinance.com  मार्फत आवेदन भर्न सकिने संस्थाले जनाएको छ

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.