लघुवित्त न्युज । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सप्तरीको राजविराज नगरपालिकास्थित पर्साहीमा गत माघ २९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो। संस्थाले सबैको महिला समूहका स्थानीय मुसहर समुदायका सदस्य, सदस्यका छोराछोरीहरु तथा वृद्धवृद्धाहरुको सहभागितामा एक दिने “वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको हो ।

तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वार्ड नं.१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्त वित्तीय संस्थाले सप्तरी जिल्लास्थित तोपाबजार शाखाको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा आयआर्जन गर्ने तरिका, स्वावलम्वी हुने तरिका, उद्यमी बन्ने तरिका, बचत गर्ने तरिका, कर्जा तथा बचतका फाइदाहरु, कर्जा सदुपयोगिता गर्दा हुने फाईदाहरु, बालबालिकालाई शिक्षाको लागि उत्प्रेरणा, वित्तीय सुशासन, सचेतनामूलक जानकारी, सरसफाई आदिको बारेमा जानकारी दिइएको थियो । कार्यक्रमका सहभागीहरुले कार्यक्रम ज्ञानमूलक, जानकारीमूलक र ब्यवहारमूलक भएको जानकारी दिएका थिए ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय तोपाबजारको कार्यक्षेत्र राजविराज नगरपालिका १४ मा अवस्थित पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका बालबालिकालाई स्टेसनरी सामग्री प्रदान गरेको थियो । साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले राजविराज नगरपालिका–१४ का वृद्धवृद्धालाई ३० थान न्यानो कम्बल वितरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिसकुमार सिंह, राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल, पर्साही विद्यालयका प्रधानाध्यापक राजकुमार मण्डल, स्थानीय समाजसेवी, बुद्धिजिवि तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेल, वरिष्ठ प्रवन्धक तथा विभागिय प्रमुख गंगापाल चौधरी, सहायक प्रवन्धक सन्तोषकुमार दत्त, सुपरीवेक्षण अधिकृत प्रेमबहादुर कार्की तथा शाखा कार्यालय तोपाबजारका शाखा प्रवन्धक तथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.