लघुवित्त न्युज । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आइतबार अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ।आइतवार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदक बाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको हो । सीडीएसका अनुसार यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ३८.८७ गुणा धेरै हो।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ फागुन ११ गतेदेखि निष्कासनमा ल्याएको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

 हाल कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपछि उक्त पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जसको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds