लघुवित्त न्युज । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थल सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको पुँजीकोषमा १४.०५ प्रतिशतले वृद्धि भएको छ।

लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन–२०७८ को निर्देशन नं.१ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

अध्यययन अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।

Situation-of-Microfinance-Institutions-Poush-2078-1

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.