लघुवित्त न्युज । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थल सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ ।
२०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी रु. ९ अर्ब ९१ करोड पुगेको छ, जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो ।
विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म रु. ८ अर्व २७ करोड राखेका छन् जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो ।
प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानी र शेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ ।