लघुवित्त न्युज । मिडिया इन्टरनेसनलको आयोजनामा कर्णाली प्रदेशमा पहिलोपटक आजदेखि वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम शुरु हुँदैछ छ । कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा उक्त कार्यक्रम संचालन हुन लागेको हो ।

कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रमले प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

एउटै छानामुनिबाट कर्णाली प्रदेशको विकास र उद्यमशीलताका लागि कर्णाली प्रदेशका उद्यमी, व्यवसायी, स्थानीय जनप्रतिनिधिहरु, बैंकर, तथा उद्यमशीलतामा लाग्न चाहाने आम व्यक्तिलाई एकै ठाउँमा सहभागि गराई दुईदिनसम्म संचालन हुनेगरी विशेष कार्यक्रम आयोजना गर्नु आवश्यक ठानी यो कार्यक्रम तर्जुमा गरिएको हो । विशेषगरी यस कार्यक्रम मार्फत वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

बैंकिङ सूचनाको अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजबारे समेत थाहा नहुँदा बैंकबारे नागरिक अनभिज्ञ छन् । यसर्थ, बैंकिङ सूचनाप्रवाह गर्नु तथा आमनागरिकको बैंकिङमा पहुँच बढाउनु र उनीहरूलाई बैंकबाटै कर्जा लिएर उद्यमशीलताको विकास गर्न योग्य तुल्याउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।

बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरि आउने जोखिमबाट समेत नागरिक पीडित छन् । जीवन बीमा होस् या सम्पत्तिको बीमा, बीमाको समग्र आयामबारे जनचेतना बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसर्थ, बीमाको विकास, विस्तार तथा यसको आवश्यकता र महत्वबारे आमनागरिकलाई जानकारी गराउनु तथा बीमा गर्नुका बहुआयामिक फाइदा बुझाएर बीमा क्षेत्रलाई फराकिलो बनाउनु यस कार्यक्रमको अर्को लक्ष्य रहेको छ ।

आमनागरिक पुँजीबजारमा प्रवेश गर्न चाहन्छन्, त्यसबारे जान्न चाहन्छन् । यसर्थ, यस कार्यक्रमले आमनागरिकसमक्ष पुँजीबजारसम्बन्धी सूचना पु¥याई पुँजीबजार शिक्षालाई गाउँ–गाउँसम्म फैलाउने र पुँजीबजारको विस्तार गर्ने लक्ष्य लिएको छ । त्यस्तै हुन्डीजस्ता अनधिकृत कारोबारबाट देशलाई राजस्वमा भएको नोक्सान न्यूनीकरण गर्नु, हुन्डी सञ्चालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानि–नोक्सानीबारे चेतना अभिवृद्धि गर्नु, आधिकारिक रेमिट्यान्सबाट मात्र पैसा पठाउने बानीको विकास गराउनु यस कार्यक्रमको अर्को उद्देश्य हो ।

उक्त कार्यक्रममा युवा विद्यार्थीलाई सहभागी गराई उनीहरूलाई वित्तीय रूपमा साक्षर बनाउनु, नेपालमै उद्यमी बन्न प्रेरित गर्ने तथा बैंकिङ टेक्नोलोजीसम्बन्धी जानकारी गराउनु, उद्यमशीलताको विकासमा पुँजी परिचालनजस्ता विषयमा नागरिकलाई जागरुक बनाउनु कार्यक्रमको लक्ष्य रहेको छ । पछिल्लो समय विकास भएको फाइनान्सियल डिजिटलाइजेसनको प्रयोगात्मक अभिवृद्धि गर्न पनि आमनागरिकलाई बैंकवित्तको विद्युतीय कारोबार एवं बीमा र सेयरबजारमा भित्रिएका नयाँ टेक्नोजोलीबारे जानकारी गराउनु यस कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ ।

मिडिया इन्टरनेसनलको आयोजनामा सम्पन्न हुने कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, स्थानीय सरकार, विभिन्न बैंकवित्त, बीमा कम्पनी तथा डिजिटल प्लेटफर्म, लघुवित्त, जस्ता कम्पनीका बारे सूचनामूलक स्टलहरु प्रदर्शन हुनेछन् । ती सूचना स्टलबाट वित्तीय चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

विगत ७ वर्षदेखि देशव्यापी रुपमा संचालित ‘वित्तीय जागरण: राष्ट्रिय अभियान’ ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रमका संयोजक माधव निर्दोषले जानकारी दिएका छन् । कर्णाली प्रदेश सरकारको मुख्य साझेदारीमा रहेर संचालन हुन लागेको उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गर्दै आएको छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ लगायतका संघसंस्थाको सहभागिता रहने छ । दुईदिनसम्म सुर्खेतमा संचालन हुने उक्त कार्यक्रममा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सीयल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा  अन्तक्र्रियात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds