लघुवित्त न्युज । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा बुटवलमा भर्चुअल-विद्युतीय माध्यममार्फत सम्पन्न भएको छ ।  सो अवसरमा अध्यक्ष धन बहादुर बरुवालले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व. २०७७-७८ को असार मसान्तसम्म देशका ५७ जिल्लामा १८९ शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्याएको बताए ।

आ.व.२०७१/७२ मा संस्था मर्जर हुँदा कुल संचित नोक्सानी रू. ७६ करोड ६१ लाख १५ हजार रहेकोमा २०७८ असार मसान्तसम्म आइपुग्दा संचित नोक्सानी राफसाफ भई रू.८ करोड ८५ लाख ४ हजार सञ्चित मूनाफा कायम हुन आएको विवरण अध्यक्षले पेश गरे ।

त्यस्तै आ.व. २०७७/७८ को अवधिमा संस्थामा लगानीमा रहेको बाँकी कर्जा रू. १२.६६अर्ब र बचत परिचालन रू. ३.७९ अर्ब रहेको बताउँदै अध्यक्ष बरुवालले समीक्षा अवधिमा गत वर्षको तुलनामा लगानीमा रहेको बाँकी कर्जामा २३.११ प्रतिशत र वचत परिचालनमा ६.६२ प्रतिशतले वृद्धि भएको विवरण पेश गरे ।

सभामा सञ्चालक शिवहरी दंगालले संस्थाको विविध पक्षका वारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए भने शेयरधनीको तर्फबाट चन्द्र नारायण श्रेष्ठ, दिपक प्रसाद पाण्डे, रञ्जित लाल श्रेष्ठले मन्तव्य राख्ने क्रममा नेपाल सरकारको गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सातौं वार्षिक साधारण सभाको सफलताको कामना गरे ।

साधारण सभामा विभिन्न शेयरधनी महानुभावहरूले उठाएको जिज्ञासाका सम्बन्धमा का.मु. प्रमुख कार्यकारी अधिकृत-कम्पनी सचिव श्याम कुमार कटुवालले जवाफ दिएका थिए । यस क्रममा का.मु. प्रमुख कार्यकारी अधिकृत कटुवालले संस्थाले शेयरधनी एवं ग्राहक सदस्यहरूको हित संरक्षण र सम्वद्र्धन हुने गरी आफ्नो कारोवार सञ्चालन गर्दै आएकोे र शेयरधनीहरूलाई उचित प्रतिफल दिन संस्थाले योजनावद्ध ढंगले कार्य गरिरहेको समेत बताए । अन्त्यमा सम्पूर्ण उपस्थित शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष बरुवालले सभाको समापन गरेका थिए ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.