लघुवित्त न्युज । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा दुबै संस्थाबीचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाकातर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाकातर्फबाट अध्यक्ष गोविन्द पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि।का संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काको उपस्थिती रहेको थियो ।

संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममा एकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को माघ मसान्त सम्ममा नेपालभर ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालयबाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब रुपैयाँ कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए ।

सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उपप्रादेशिक कार्यालयहरुको संरचनासहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ती गरिसकेको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds